८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा श्रीमानले कमाएको १ करोड दश लाख लिएर श्रीमती अर्कैसंग टाप कसेपछि…

३० असार २०७४, शुक्रबार ०३:०४


उर्लाबारी । दुई छोरी र एक छोराकी आमा श्रीमानले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान विदेश भएको मौका छोपी दुई वर्षको काखे छोरा अनि ५ र १० वर्षकी छोरीहरुलाई छाडेर भाग्दा के होला ? नानीहरुको अवस्था कस्तो हुदो हो ? नियमति फोन सम्पर्क हुदाहुदै पनि ३९ महिनापछि स्वदेश फर्कदा सहरावीहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ ! मोरंग टाँडी–२का जितेनहाङ लिम्बू(नाम परिवर्तन) लाइ भयो यस्तै । ३९ महिनापछि मकाउबाट स्वदेश फर्कदा आप्mनो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए ।

विदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । मकाउ र इराकमा गरी साढे ६ वर्ष काम गरेर आर्जेको सम्पत्ति लिई तीन छोराछोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने लिम्बूले सोच्नै सकिरहेका छैनन । न्यायको खोजीमा उनी भौतारिदै बीहिबार इलाका प्रहरी कार्यालय पुगे । कार्यालय परिसरमा उनले ‘श्रीमती हराएको’ विषयमा निवदेन दर्ता गराउदै आप्mनो विगतका दिनहरु सुनाउन थाले ।

२०५९ सालमा जितेनहाङले मोरंङ टाँडी–२का विरबहादुर माखिमकी एलिना भनेर चिनिने रुपमाया लिम्बूसँग विवाह बन्धनमा बाँधिएका थिए । सशस्त्र प्रहरीका जवान उनी विवाह भएको चार वर्षपछि जागिर छाडी कमाउनका लागि भनेर इराका हानिए । मुलुकमा २०६३सालमा गणतन्त्र आउदै उनी आप्mनो सुनौलो भविष्य बनाउनका लागि भनी दुई वर्षकी छोरी र श्रीमतीलाई छाडेर इराका गएका थिए । जोखिमपूर्ण काम गर्दा इराकमा लिम्बूले मासिक दुई लाख १७ हजार पाउथे ।

४१ महिनासम्म इराकमा रहदा उनले पटकपटक गरी श्रीमतीलाई करिब ५० लाख रुपैँया पठाएका थिए । श्रीमानले पठाएको रकमबाट रुपमायाले नि उर्लाबारी–२ स्कूलडाँडामा १६ धूर जमिन र टाँडी–२ स्थित चोक्टे भन्ने ठाँउमा घर सहित ८ रोपनी जमिन खरिद गरेकी थिइन् । घर घडेरी सबै श्रीमतीको नाममा थिए । २०६५ सालमा जितेनहाङ स्वदेश फर्के । २०७० सालसम्म स्वदेशमा रहँदा लिम्बू दम्पत्तिका अन्य दुई सन्तान जन्मिए । सुखमयले उनीहरुको जीवन व्यतित भइरहेको थियो ।

२०७० सालमा जितेनहाङको मकाउका लागि भिसा लागेपछि पुनःविदेशीए । ३९ महिनासम्म मकाउ बसिकेपछि उनी गत असोज २२ फर्कदा भयभित बने । मकाउमा रहदा श्रीमतीलाई पठाएको १६ लाखको के कुरा, उनले आफनो घर र घडेरी नै बेचिएको थाहा पाए । छोराछोरीको कान्ति विजोग देखे । घरमा श्रीमती थिइनन् । डेढ वर्ष अघि नै(२०७२ साल वैशाख) श्रीमती भागेको थाहा भए । छोराछोरीको अवस्था देखेर उनले आफनो आँशु थाम्न सकेनन् ।

घर र जग्गा गरी श्रीमतीले ७६ लाख बेची भागेको थाहा पाए । श्रीमतीले एक करोड १० लाख बराबरको सम्पत्ति लिएर भागेको पीडित लिम्बू बताए । टाउकमो ठूलो भज्रपात परेको बताउदै उनले भावुक हुदै भने–‘मलाई जोगी नै बनाएर भागिछे । कमसेकम छोराछोरीको त माया हुन्छ नि ! ’‘घर घडेरी र नगद के कुरा, निष्ठूरीले मेरी बहिनीको दुईतोला सुन र घरको ६ तोला सुन समेत लिएर भागिछे’लिम्बूले भने–‘भाडामा बस्ने नै बनाइ । ’ हाल जितेनहाङ उर्लाबारी–१मा एक घर भाडामा लिई छोराछोरीका साथ बसेका छन् ।

प्रहरी कार्यालय परिसरमा लिम्बूले आफनो विगत सुनाइरहदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक समेत भावुक देखिन्थे । भने–‘कानूनी अड्चनहरु धेरै नै छन् । पुरुष हिंसा देखीएपनि नेपालको कानूनमा यो सम्बन्धि कानून नै निर्माण भएको छैन । मानिस हराएको निवदेनको आधारमा श्रीमतीको खाजी गर्न मात्र सक्छौँ ।’

श्रमीतको खोजी गर्नका लागि जितेनहाङले ससुरालीकहाँ जादा समेत उल्टै हप्कादप्की खानुपरेको गुनासो गरे । आप्mना व्यथाहरु सुनाउदै श्रीमतीको खोजी गर्न आग्रह गर्दै उनले आफूलाई न्याय दिलाइदिन कानूनका ज्ञाताहरुसँग आग्रह समेत गरेका छन् । आफ्नो साहारका कोही नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता