असार ३०, काठमाडौँ | आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन हुँदैछ । काठमाडौंमा हुने साधारसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमितीको चयन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, काठमाडौँ | आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन हुँदैछ । काठमाडौंमा हुने साधारसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमितीको चयन गर"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन, को होला भावी अध्यक्ष ?

३० असार २०७४, शुक्रबार ०४:१७


असार ३०, काठमाडौँ | आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन हुँदैछ । काठमाडौंमा हुने साधारसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमितीको चयन गर्नेछ । 

संघको साधारणसभाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउबाले गर्ने कार्यक्रम रहेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी दुई वर्षे कार्यकालका लागि दुई अध्यक्ष पदाधिकारीका १२ र कार्य समिति सदस्यका लागि २० सहित ३४ जना व्यवसायीको उम्मेदवारी परेको छ । 

कसले मार्ला बाजी ? 

नेपाल बै.रो.संघको नेत्तृत्वका लागि वर्तमान अध्यक्ष बिमल ढकाल र महासचिव रोहन गुरुङ्गबीचनै प्रतिस्पर्धा छ । म्यानपावर व्यावसायीहरुले वर्तमान अध्यक्ष बिमल ढकाललाई नै रोज्छन वा नयाँ नेतृत्व छान्छन् हेर्न बाँकी छ । त्यसमा पनि राजनीतिक बिषयलाई जोड्न पनि सकिन्छ । संघका वर्तमान अध्यक्ष विमल ढकाल लोकतान्त्रिक पक्षधर हुन् भने गुरुङ्ग एमाले निकट हुन् । गुरुङ्गलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसहित छ वटा संस्था/समुहको गठबन्धनबाट बनेको प्यानलको तर्फबाट समर्थन छ । ढकाल नयाँ बानेश्वरस्थित खगोल ओभरसिज प्रालि. र गुरुङ बसुन्धरास्थित टप जब्स प्रालिका सञ्चालक हुन् ।

संघको निर्वाचनमा संघका पूर्वअध्यक्ष तिलक रानाभाट निर्वाचन अधिकृत तोकिएको छ ।

ढकाल पक्षमा को-को छन् उम्मेदवार ?

प्रतिस्पर्धामा ढकाल प्यानल अन्तर्गत प्रथम उपाध्यक्षमा एमिटी ग्लोबल प्रालिका प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवन सिं गुरुङ, तृतीय उपाध्यक्षमा शान नेपाल प्रालिका सञ्चालक नवल किशोर यादव उम्मेदवार बनेका छन् । त्यस्तै महासचिवमा एलायन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजित श्रेष्ठ सचिवमा एम.बी.के. ओभरसिज प्रालिका सञ्चालक विनोदजंग केसी र कोषाध्यक्षमा नेबिल ओभरसिज प्रालिकी सञ्चालिका राधिका कटुवालको उम्मेदवारी छ । ढकाल समूहमा यो पटक किरण किशोर घिमिरे पनि छन् । यस अघि उनि छुट्टै स्वतन्त्र प्यानल खडा गरि निर्वाचनमा लडेका थिए । अहिले उनले ढकाल पक्षको निर्वाचन प्रचार–प्रसार मूल समितिका संयोजक पद सम्हालेका छन् । त्यस्तै ढकाल समूह अन्तर्गत कार्यसमिति सदस्यहरुमा पर्फेक्ट रिक्रुटमेन्ट प्रालिका सञ्चालक भोजराज भुसाल, निलकमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल, एम एन इन्टरनेशन प्रालिका सञ्चालक कुमारबाबु श्रेष्ठ, अलजाफर इन्टरनेशनल प्रा.लि.का सञ्चालक मोहम्मद जबरुद्दिन मियाँ (मुन्ना), अलनासिर ओभरसिजका प्रालिका सञ्चालक दिनेश राय, सागर रिक्रुटमेन्ट प्रालिका सञ्चालक गुणेन्द्रप्रदास अम्मै (जीपी), सिएसटी सिजन प्रालिकी सञ्चालिका इन्दिरा गुरुङ, जिआर इन्टरनेशनल प्रालि सञ्चालक कृष्णबहादुर जैसी, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिका सञ्चालक सुरज केसी र मुनाल ओभरसिज प्रालिका सञ्चालक सर्वधन तामाङ्गको उम्मेदवारी परेको छ ।

गुरुङ्ग पक्षमा को-को छन् उम्मेदवार ?

रोहन गुरुङ प्यानलबाट प्रथम उपाध्यक्षमा रोज ओभरसिज प्रालिका रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा मदिना इन्टरनेशनल सर्भिस प्रालिकी सञ्चालिका सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा यूनाइटेड इन्टरनेशनल म्यानपावर प्रालिका सञ्चालक शुक्र पाख्रिन, महासचिवमा एच आर इन्टरनेशनल प्रा.लि.तत्कालीन एससीएम म्यानपावरका सञ्चालक नरेश गेलाल, सचिवमा अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.का सञ्चालक ईश्वर जिसी, कोषाध्यक्षमा पाजु इन्टरनेशनल प्रालिका सञ्चालक रमिला ताम्राकार रोकाय मगर उम्मेदवार छन् । त्यस्तै सदस्यहरुमा तुलसी ओभरसिजका प्रालिका सञ्चालक प्रेम बिक., के बि ईन्टरनेशनल इप्लाइमेन्ट प्रालिका सञ्चालिका तेजुमाया लिम्बु, माउन्ट कन्चन इन्टरनेशनल प्रालिका सञ्चालक सुरेश गौतम, भिक्टोरी कस्मिक ओभरसिज प्रालिका सञ्चालक सन्जु गुरुङ्ग, सजिमा ईन्टरनेशन प्रालिका सञ्चालिका सबिना श्रेष्ठ, रेज रिक्रुटमेन्ट प्रालिका सञ्चालक तिलकबहादुर तामाङ्ग, मिथिला मेनपावर सर्भिस प्रालिका सञ्चालक बबनकुमार सिंह, आकृति रिक्रुटिङ प्रालिका सञ्चालक कुँन्छा दोर्जे डिमदोङ, डिसेन्ट इम्प्लाइमेन्ट प्रालिका सञ्चालक परमेश्वर अधिकारी र नेपाल इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रितमबहादुर मगरको उम्मेदवारी छ ।

माथिको तश्विरमा: अध्यक्षका प्रत्यासीहरु बिमल ढकाल (दायाँ), रोहन गुरुङ्ग (बायाँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता