2026-07-24 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटका द्वन्द्वपीडितलाई १२ करोड ३३ लाख वितरण

असार ३१, नुवाकोट । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । 

द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिएका छन् ।

‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई क्षतिपूर्ति तथा आर्थिक सहायतास्वरुपमा रकम उपलब्ध गराइएको प्रजिअ बरालले बताए । 

कार्यदलको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वमा सर्वसाधारण मृतक १८७ जना र सुरक्षाकर्मी २१ जना गरी २०८ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी रु दश लाख पु¥याइएको छ ।

यस्तै, बेपत्ता भएका २२ जनाको परिवारको लागि यसअघि रु पाँच लाख उपलब्ध गराइसकेकाले थप रु पाँच लाख बेपत्ता व्यक्तिको हकदारलाई प्रदान गरिएको छ । द्वन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट अपहरणमा परेको भनी पहिचान भएका १५१ जना र विस्थापित जीवन विताउन बाध्य ४७४ जनाको लागि रु २५÷२५ हजार राहत रकम बैंकमार्फत वितरण गरिएको छ ।

कार्यदलको प्रतिवेदन अनुसार द्वन्द्वपीडित वितरण गर्ने रु १६ करोड ९६ लाख ५९ हजार बजेट प्राप्त भए पनि निवेदनमा पर्याप्त प्रमाण नपुगेको तथा बैँंक खाता नभएका व्यक्तिलाई रकम उपलब्ध गराउन नमिल्ने भएकाले सबै पीडित समेट्न नसकेको प्रजिअ बरालले उल्लेख गरेका छन् । द्वन्द्वपीडितको पहिचान नहँुदा वितरणको लागि आएको रु चार करोड ६२ लाख ७९ हजार बजेट फिर्ता भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक