2026-09-16 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुवाट १ सय ६ चेलीको उद्धार, १२ अभियुक्त जेल चलान

माधव बेल्वासे/साउन १, कपिलबस्तु । कपिलवस्तुको कृष्णनगरवाट एक वर्षको अवधिमा १०६ जना चेलिहरुलाई उद्धार गरिएको छ ।  

महिला वेचविखनमा सक्रिय भुमिका खेलेका १२ जना लाई जेल चलान गरिएको छ । के आई नेपाल शाखा कार्यलय कपिलबस्तुले आर्थिक बर्ष ०७३∕७४ मा सिमा निगरानी तथा सोधपुछ गर्ने क्रममा बिभिन्न समयमा नियन्त्रणमा लिएका केशहरु जिल्ला अदालत कपिलबस्तुबाट फैसला गरि १२ जनालाई जेल चलान गरेको छ ।

सिमा निगरानी संगै घरमा कुनै जानकारि नदिई भारत तर्फ विभिन्न बहाना बनाएर जाने चेली हरु १०६ जनालाई सुरक्षित साथ उद्धार गरेको छ । उद्दार गरिएका ८ जना चेलीहरु जो अत्यान्त आर्थिक अबस्था कमजोर भएकालाई केआई नेपालले आत्मनिर्भरको लागि चितवन सेफ होम पठाएको छ ।

केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले करिब १ दशक कृष्णनगर सिमा क्षेत्रमा रहि काम गर्ने शिलशिलामा यस बर्ष मानब बेचबिखनमा संलग्न गिरोहहरुले यस नाकालाई बढि प्रयोग गरेको पाइएको केआई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।

सिमामा रहि मानब बेचबिखन बिरुद्ध काम गर्ने क्रममा नेपालबाट भारत जादै गरेका ३ हजार ४सय ८१ जना चेलीहरुलाई मानब बेचबिखन तथा लैंगिक हिंसा बाट सजग रहन र सचेत हुनका लागि परामर्श प्रदान गरिएको संयोजक बिशर्काले बताए ।

केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले कृष्णनगरको सिमा नाका र यात्रुगेटमा बिहान देखि बेलुकि सम्म सिमा निगरानीमा गरिरहेको छ  ।यसरि सिमा निगरानीबाट नियनत्रणमा आएका बिचौलियाहरुलाई इलाका प्रहरि कार्यलय कृष्णनगर र असथाई प्रहरि चौकि लिगेटको पुर्ण सहयोगबाट धैरै अभियुक्त हरुलाई नियन्त्रणमा लिन सकेको बिशकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग