काठमाडौँ | बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ बस्ने वर्ष ४० की लालीमाया दर्लामी रहेकी छन्।
उनले वैदेशिक रोजगारीका लागि क्रोयशिया पठाइदिने भन्दै ५ लाख ७५ हजार रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ।
लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।
दर्लामी उपर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाईएको छ।