साउन ३, काठमाडौँ । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ ।

सुवाङज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३, काठमाडौँ । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ ।

सुवाङज"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको साहसिक भिडियो

२०७४, ३ श्रावण मंगलवार ०७:०१


साउन ३, काठमाडौँ । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ ।

सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ ।

यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका छन् भने करिव ५४ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न

खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन्

तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् ।

चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिएका छन् ।

सुरक्षागार्डको नियन्त्रणमा परेका मार्सल आर्ट लडाकूले भने आफुले सुरुमा थप्पड हान्नु गल्ती भएको फेसबुकमार्फत् बताएका छन् । आफु उनीहरुसँग लडन सक्षम भए पनि धेरै प्रतिकार नगरेको उनले दावी गरेका छन् । ‘मैले सुरुमा थप्पड हान्नु गल्ती थियो, मैले उनीहरुसँग सरी भनेर माफी पनि मागिसकेँ । यो एउटा सामान्य असमझदारीबाहेक केही हैन् ।’ उनले भनेका छन् । -अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह