2026-10-31 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सविता एन्फा लिगको सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ | एपीएफकी फरवार्ड सविता रानामगर एन्फा महिला लिगको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन्। सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले १ लाख रुपैयाँ पाइन्।

एन्फा महिला लिग २०२४ को व्यक्तिगत विधामा एपीएफले वर्चश्व रह्यो। लिगको सर्वाधिक गोलकर्ता एपीएफकी रश्मी कुमारी घिसिङ बनिन्।

उनले लिगभर ३९ गोल गरेकी छिन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरिन्। उत्कृष्ट गोलरक्षक एपीएफकी सावित्री किसान बनिन्। उनले पनि ५० हजार रुपैयाँ पाइन्।

फेयर प्ले अवार्ड त्रिभुवन आर्मी फुटबल क्लबले प्राप्त गरेको छ। फेयर प्ले अवार्ड बनेसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

बुधबार भएको खेलमा एपीएफले पुलिस क्लबलाई ४-० गोलअन्तरले हराउँदै उपाधि जितेको थियो।

उपाधिसँगै एपीएफले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिस क्लबले ५ लाख रुपैयाँ पायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने