2026-06-18 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब

2017-07-26

साउन ११, काठमाडौं । नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । 

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् ।

संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि माओवादी केन्द्रसँग एकता गर्न चाहने पक्ष बलियो बनेको छ ।

तत्काल कार्यगत एकता 

संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उल्लेख छ । माओवादी केन्द्रले पनि राजनीतिक अस्थिरता भएको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि आन्दोलनसमेत गर्न तयार रहेको बताउँदै आएको छ । दुई पार्टीबीच एकता नभए पनि कार्यकारी प्रमुखको मुद्दाले कार्यगत एकता हुन सक्ने नयाँ शक्तिका एक नेता बताउँछन् ।

माओवादीबाट आएका नेताहरुले बैठकमा पुनः माओवादीमै फर्किनुपर्ने आशयको धारणा राखेको नेता देवेन्द्र पौडेलले जाकनरी दिए । उनका अनुसार माओवादीसँग तत्काल एकता नभई कार्यगत एकता गरेर जान सकिन्छ ।

केशव दाहाल, डम्बर खतिवडालगायतले नयाँ शक्तिलाई नामजस्तै नयाँ बनाउनेपर्ने धारणा राखेका थिए । पुरानो पार्टीसँग भन्दा नयाँ पार्टीसँग एकता गरेर जानुपर्ने धारणा उनीहरुलेको छ । कतिपय नेताहरुले भने एक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताउँदै संगठन थप सुदृढ गर्दै लानुपर्नेमा जोड दिएको पौडेलले जानकारी दिए ।

बैठकमा ९९ जना समिति सदस्य र आमन्त्रित ५७ जना सहभागी थिए । अधिकांश नेताले माओवादी केन्द्रसँग एकता गरेर जान दबाब दिएका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु