2026-09-22 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीका नाम दाहालको ‘खल्तीमै’

साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित नौ मन्त्रालय पाएको माओवादी केन्द्रले आफ्ना भागमा परेका मन्त्रीहरूको नाम अझै अनुमोदन गराएको छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताहरूसँगको परामर्शका आधारमा मन्त्रीहरूको नाम टुंगो लगाएको भनिए पनि पार्टीमा औपचारिकता भने दिएका छैनन्। 

प्रधानमन्त्री देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि मन्त्रीहरूको नाम बिहान बस्ने पार्टी कार्यालयको बैठकबाट अनुमोदन गराउने तयारी माओवादीको छ। ‘अध्यक्षले शीर्ष केही नेतासँगको परामर्शका आधारमा मन्त्रीहरूको नाम छनोट गरिसक्नुभएको छ’, नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसलाई पार्टी बैठकबाट औपचारिकता दिन मात्र बाँकी छ।

‘माओवादीबाट यसअघि कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साह मन्त्री बनिसकेका छन्। अब ६ मन्त्री पठाउन बाँकी छ। स्रोतका अनुसार गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठलाई मन्त्री बनाउने तयारी छ। महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन। सीतालाई मन्त्री बनाउँदा प्रदेश नम्बर ४ को प्रतिनिधित्व छुट्ने देखिएपछि आशालाई मन्त्री बनाउनुपर्ने माग उठेको छ।

माओवादीले शाहीलाई ऊर्जा, श्रेष्ठलाई सामान्य प्रशासन, मण्डललाई आपूर्ति, पोखरेललाई स्वास्थ्य, महिलाबाट प्रतिनिधित्व गर्नेलाई महिला, बालबालिका तथा समाजकल्याण र बस्नेतलाई कृषि विकास मन्त्रालयको जिम्मेवारीमा पठाउन लागेको हो। कृषि विकास मन्त्रालयमा भने कांग्रेससँग अझै माओवादी केन्द्रको कुरा मिलिसकेको छैन। कांग्रेसले माओवादीलाई पशुपक्षी विकास मन्त्रालय दिन खोजेको छ।

माओवादीमा कम्तीमा दुई महिलाले मन्त्रीकै जिम्मेवारी पाउनुपर्ने माग महिला सांसदले गरिरहेका छन्। पार्टीका ८२ सांसदमध्ये २८ जना महिला रहेकाले नौ मन्त्रालयमा दुई मन्त्री आफूहरूले पाउनुपर्ने उनीहरूको माग छ। दाहालले भने क्षेत्रीय सन्तुलन मिलाउन, जनाधार रहेको स्थानको प्रतिनिधित्व गराउन दुई महिलालाई मन्त्री दिन गाह्रो रहेको बताउँदै आएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

यी हुन् माओवादीबाट मन्त्री बन्नेहरू
माओवादी केन्द्र

– कृष्णबहादुर महरा- परराष्ट्र

– जनार्दन शर्मा- गृह

– प्रभु साह – सहरी विकास

– गिरिराजमणि पोखरेल

– टेकबहादुर बस्नेत

– शिवकुमार मण्डल

– महेन्द्रबहादुर शाही

– श्यामकुमार श्रेष्ठ

– सीता नेपाली वा आशा खनाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित