2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा २६ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

खाँदबारी | संखुवासभाको खाँदबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

कोसी राजमार्गमा पर्ने खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा प्र १ –०२–०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरमा कार्यरत २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अधिकारी प्युठानको स्वर्गद्धारी नगरपािलका –१ निवासी हुन्। खाँदबारी–तुम्लिङटार सडक खण्डमा गएराति सदरमुकाम खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको बेला मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो। अधिकारी मोटरसाइकलको पछाडि सवार थिए।

उनी निर्माणाधिन पिलुवाखोला हाइड्रोपावरका मजदुर भएका प्रहरीले जनाएको छ। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक धर्मदेवी नगरपालिका– ६ का २५ वर्षीय आकाश जिमीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई