2026-10-15 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा ५६ हजार ९ सय ६६ नागरीकले गरे स्वास्थ्य बिमा

सास/साउन १२, जुम्ला । स्वास्थ्य बिमा प्रति जुम्लाका नागरीकले तिब्र चासो दिन थालेका छन् । 

नेपाल सरकारले अभियानकै रुपमा संचालन गरेको स्वास्थ्य बिमाको महत्वका बिषयमा जुम्लाका नागरीकले राम्रोसँग जानकारी पाएपछि बिमित बन्नका लागि तिब्र चासो दिन थालेका हुन् । स्वास्थ्य बिमा कार्यक्रम जुम्लामा प्रारम्भ भएको तिन महिना भित्र १२ सय ७७ घरधुरीका ५६ हजार ९ सय ६६ नागरीकले स्वास्थ्य बिमा गराएका छन् । 

स्वास्थ्य बिमा कार्यक्रमका जिल्ला प्रबन्धक प्रेम कुमार भण्डारीका अनुसार तिन महिनाको अवधिभित्र लक्ष्य भन्दा बढि नागरीक बिमित बनेका छन् । उहाले भन्नु भयो, तिन महिनाको अवधिमा बढिमा १५ सय देखि २ हजार जति बिमित हुन्छन् भन्ने हामिले अपेक्षा गरेका थियौ । 

तर अपेक्षा भन्दा धेरै नागरीक बिमित भए यो निकै खुसिको कुरा हो । यो दरलाइ हेर्ने हो भने बिस्तारै सबै नागरीक बिमित हुन्छन् भन्नेमा हामिले अपेक्षा गरेको छौ । जसले गर्दा सबै नागरीक आफ्नो स्वास्थ्य प्रति आफै सजक र सुरक्षित हुने उहाँको भनाइ छ । 

हाल सम्म ५६ हजार ९ सय ६६ नागरीकले स्वास्थ्य बिमा दर्ता गराए बापत ३१ लाख रकम सरकारी कोषमा जम्मा भएको छ । जुम्लामा स्वास्थ्य विमा कार्यक्रम बैशाख १ गतेबाट शुभारम्भ भएको थियो । बैशाख, जेठ र असार महिनामा दर्ता भएका बिमितकालागि भदौ १ गतेदेखि सेवा सुचारु हुने बताईएको छ । 

एक वर्षको ३ महिना दर्ता प्रक्रिया, एक महिना ईन्ट्री हुने र चौथो महिनाबाट सेवा सुचारु हुने सामाजिक स्वास्थ्य विमा कार्यक्रमको कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका ८ वटा स्थानिय तहका ६० वडामा ५८ जना बिमा दर्ता सहयोगी परिचालन भएका छन् । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमान्डौका अनुसार ५ जना परिवारसम्मले बार्षिक रुपमा २५ सय रकम योगदान स्वरुप जम्मा गरेमा ५० हजार बराबरको औषधि उपचारमा सहयोग प्राप्त गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता