३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार

२२ फाल्गुन २०८१, बिहीबार १८:२९

सुनसरी | सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ । आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद देखिएको हो । प्रहरीका अनुसार घटना गत ९ फागुनको हो । २१ वर्षीया चन्दा चौधरी इटहरी उपमहानगरपालिका–६, विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा काम गर्दै आइरहेकी थिइन् ।

गुप्ताका अनुसार उनी अचानक बिरामी परेपछि गत ९ फागुनमा चौधरीलाई इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस लगिएको थियो । अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पतालबाट शव बुझेर ल्याएका गुप्ताले आफन्तलाई खबर नै नगरी इटहरीस्थित बुढी खोला घाटमा लगेर दाहसंस्कार गरेका थिए । प्रहरीका अनुसार उनको दाहसंस्कार गर्न अन्य चार जनालाई मलामी पनि लगेका थिए ।

दाहसंस्कारको भोलिपल्ट मात्रै चन्दाकी दिदी रिताले बहिनीबारे सोधीखोजी गरेकी थिइन् । बहिनीको मृत्यु भएको खबर नै नगरेपछि प्रहरीमा जाहेरी दिएको उनले बताइन् । ‘अरूले भनेपछि सोध्दा आफैं जलाएँ भन्ने कुरा आयो, हामीलाई गुप्ताले खबर नै गरेनन्,’ उनले भनिन् ,‘त्यसपछि प्रहरीलाई खबर गरेका हौं ।’

रिताका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि चन्दा गुप्ताको घरमा काम गर्न बसेकी थिइन् । गुप्ताले पहिलेदेखि नै शारीरिक यातना पनि दिने गरेको आफन्तको आरोप छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार जाहेरीपछि गुप्ता पक्राउ परेका छन् । महिलाको मृत्युपछि गुप्ताले आफन्त र प्रहरीलाई पनि खबर नगरेको उनले बताए ।

‘लास हेर्न पाइएन, पोस्टमार्टम पनि भएको छैन,’ उनले भने, ‘अस्पतालले जे खुलाउँछ, त्यही अनुसार अनुसन्धान अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली