साउन १४, काठमाडौं। कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए। त्यहीबेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं। कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए। त्यहीबेल"/>
2026-09-22 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् विस्तारमा भद्रगोल शैली

साउन १४, काठमाडौं। कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए। त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईंलाई अर्कोपटक।’ 

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’ भए। प्रधानमन्त्री देउवाले बुधबार दिउँसो साढे २ बजे शपथग्रहणका लागि दौरा-सुरुवाल लगाउन पठाएका उनी आफ्नो नाम मन्त्रीको सूचीबाट एकाएक हटेपछि तीनछक परे। त्यति मात्र होइन, उनी चौथोपटक मुलुकको बागडोर सम्हालेका देउवाको ‘भद्रगोल शैली’बाट पनि चकित भए।

देउवाले उनलाई मात्र नभई शपथको तयारी गर्न भनेका अन्य सांसदलाई पनि मन्त्री बन्ने सूचीबाट हटाइएको भन्दै सचिवालयबाट जानकारी गराउन लगाएका थिए। त्यसपछि ‘पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको’ गुनासो देउवाको कार्यशैलीबाट रुष्ट सांसदले गर्न थालेका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नै बालुवाटारमा रहेका सांसदलाई दौरा-सुरुवाल लगाउन पठाएका थिए। तर, उनीहरूलाई राष्ट्रपति भवन शीतलनिवास नपुग्दै मन्त्री बनाउन सकिएन भन्दै ‘बेइज्जत’ गर्ने काम भयो। आफूले बचन दिएकाहरूलाई मन्त्री बनाउन नसकेको खबर देउवाले स्वकीय सचिव केशव जोशीमार्फत प्रवाह गरेको पीडित सांसद बताउँछन्।

श्रेष्ठ मात्र होइन, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्देम्बेलगायत पनि देउवाको भद्रगोल शैलीबाट पीडित बनेका छन्। ‘मन्त्री भयौं भन्दै पार्टीका नेता, कार्यकर्ता, परिवारजन र शुभेच्छुकबाट शुभकामनासमेत आदानप्रदान गरिसकेका थियौं’, एक सांसदले भने, ‘यतिसाह्रो पीडित भइएला भन्ने कल्पना पनि थिएन।’

देउवाले प्रधानमन्त्री पदको शपथ लिएदेखि मन्त्रीको चर्चामा रहेका श्रेष्ठले देउवाबाटै रक्षामन्त्रीका लागि आश्वासन पाएका थिए। ‘पटक-पटक प्रतिनिधिसभा/संविधानसभा सदस्यका साथै कांग्रेस जिल्ला कार्यसमिति गोरखाको निरन्तर १३ वर्ष सभापति भएका कारण’ प्रधानमन्त्री देउवाबाट रक्षामन्त्री भन्दै शपथका लागि दौरा-सुरुवाल लगाउन पठाएको तर एकाएक सवा ३ बजे छापामार शैलीमा ‘तपाईंको पालो अर्कोपटक’ भन्दै स्वकीय सचिवमार्फत फोन गराउँदा आफूले ठूलै दण्ड पाएको गुनासो श्रेष्ठले पोख्न थालेका छन्।

देउवाका स्वकीय सचिवको फोनलगत्तै श्रेष्ठले घरमा उपस्थित आफन्तसँग ‘पञ्चायत जिउँदो हुन्थ्यो भने पनि मलाई यति ठूलो दण्ड दिइँदैनथ्यो होला’ भनी पीडा पोखेको आफन्तले दाबी गरेका छन्। संविधानसभा दोस्रो निर्वाचनपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक रहँदै आएका श्रेष्ठ आफ्ना समकक्षी एमालेका अग्नि खरेल, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र हितराज पाण्डे पटक-पटक मन्त्री भइसकेकाले यसपटक आफ्नो पनि पालो आउनेमा ढुक्क थिए। एक महिनायता उनको नाम बालुवाटारबाटै कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा चर्चामा ल्याएको थियो।

देउवाका विश्वासपात्र कांग्रेस नेता विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायतले दसैंपछि सरकार विस्तार हुने भन्दै त्यतिबेला मन्त्री बन्न श्रेष्ठलाई सुझाव दिएका थिए। श्रेष्ठले भने अहिले नपाए कहिल्यै नपाउने भन्दै अडान लिएपछि देउवाले रक्षामन्त्री बनाउने आश्वासन दिएको बालुवाटार स्रोतले जनाएको छ।

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनका लागि महेन्द्र यादवले कुनै हालतमा मन्त्री हुनुपर्ने अडान देउवासमक्ष राखेको स्रोतको दाबी छ। ‘महेन्द्र कि चीनकाजी’ भन्ने विवाद चलिरहेका बेला देउवाले चीनकाजीलाई मन्त्री पदको शपथका लागि दौरा-सुरुवाल लगाएर दिउँसो ४ बजे राष्ट्रपति भवन आउन निर्देशन दिएका थिए। प्रधानमन्त्रीको ‘आशीर्वाद’ लिएर आफ्नो निवास पुगेका श्रेष्ठ दौरा-सुरुवालमा चिटिक्क सजिएर शपथका लागि तयार भएका थिए। आफन्तजनले उनले बधाई दिँदै सगुनसमेत खुवाएका थिए।

कांग्रेसबाट मन्त्रीमा चर्चा पाएका अर्का नेता जोशीको पीडा पनि कम छैन। जोशीको नाम बालुवाटारबाटै मन्त्रीका रूपमा सार्वजनिक गरिएको थियो। मन्त्री हुने भन्दै ढुक्क भएका जोशीको नाम पनि अन्तिम समयमा काटिएको थियो। प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित जोशीको नाम सञ्चारमाध्यममा पनि छ्यापछ्याप्ती भएपछि बधाईको ओइरो लागेको थियो।

तर, अन्तिम समयमा मन्त्री नै बन्ने विश्वासमा रहेका जोशीको सट्टामा निधिले महेन्द्र यादवको नाम लिस्टमा पारेका थिए। ‘जोशीलाई मन्त्री बनाउन देउवापत्नी आरजुका भाइहरू प्रमोद र प्रदीपले पनि दह्रो लबिङ गरेका थिए’, स्रोतले भन्यो, ‘तर, ठकुरी हाँगोले समेत थेग्न सकेन।’ ‘कोइराला क्याम्प’ बाट पार्टीको १३औं महाधिवेशनमा देउवातिर लागेका जोशीलाई देउवाले त्यतिबेला नै मन्त्री बनाउने आश्वासन दिएको देउवानिकट नेताले बताउन थालेका छन्। -अन्नपूर्ण पोष्ट दैनीक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित