२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बैतडीको एउटा सिङ्गो गाउँ नै पहिरोको जोखिममा, स्थानीय घरै छोडेर हिडे

२०७४, १४ श्रावण शनिबार ०२:०२


साउन १४, बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका ८ सित्तड डोलका लोगसिंह भाटलाई अहिले आफ्नो घर छोडेर अन्तै बस्नुपरेको छ । 

यसै साता आएको पहिरोले घरको आँगन पूरै बगाएपछि भाट परिवारले घर छोडेका हुन् । भाटजस्तै डोलमा अहिले १ सय ५० परिवार पहिरोको जोखिममा बसेका छन्।

२०१८ सालदेखि आउन थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन । ‘वर्षात्को समयमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने हो थाहा हुँदैन । हरेक वर्षामा अनिदो रात काट्नुपर्छ ।’ स्थानीय लोकेन्द्रबहादुर चन्दले भने, ‘हाम्रो गाउँका हरेक घर बांगा भएका छन् । भित्रभित्रै जमिन भास्सिएपछि घर बांगा भएका हुन् । पहिरोको जोखिममा बस्नु परेको छ ।’

डोल पहिरोले अहिलेसम्म नौजनाको ज्यान लिइसकेको छ भने २ सय रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । अहिले पनि माथिबाट पहिरो आउने क्रम नरोकिएको स्थानीय वीरबहादुर चन्दले बताए । उनले भने, ‘२०१८ सालमा पहिरो आएको हो । उतिबेलादेखि हामी पहिरोको जोखिममा बसिरहेका छौं तर हाम्रा लागि न सरकार छ, न अरू कोही ।’

खानेपानीका मुहानसमेत पहिरोले बगाएपछि स्थानीयवासी खोलाको दूषित पानी पिउन बाध्य छन् । गाउँ नै पूरै पहिरोको चपेटामा परेकाले वर्षाको समयमा सेताम्य देखिन्छ ।

पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमांगीसमेत दिएका थिए । तर, राजनीतिक खिचातानी भएपछि डोलबासीको अन्यत्र जाने सपना अधुरै रह्यो । आर्थिक अवस्था सबल भएकाहरू तराईतिर जमिन किनेर उतै गए । गरिब र दलित समुदायका नागरिक भने पहिरोको जोखिममै बस्न बाध्य छन् । पछिल्लो समयमा पहिरोले विकराल रूप लिन थालेको स्थानीवासी देवदत्त जोशीले बताए । उनले भने, ‘अहिले त पहिरोको जोखिम नभएको ठाउँ नै छैन । वर्षाको बेला जाग्राम बसेर रात काट्नुपर्छ ।’

पहिरोले यो वर्ष पनि स्थानीयले सञ्चालन गरेको पानीघट्ट र बाटो बगाइदिएको छ । त्यति मात्र होइन स्थानीयको खेत पनि पहिरोले पुर्न थालेको छ । पहिरोका कारण सूर्यपन्त प्राविमा जाने खानेपानी बगाएपछि विद्यार्थीलाई खानेपानीको समस्या भएको छ । ३ वर्षअघि ११ लाखको लागतमा निर्माण गरिएको खानेपानी योजना पहिरोले बगाएको स्थानीयवासी कट्टी भुलले बताए । ‘५५ परिवार दलित छौं । हामीसँग अन्यत्र जाने स्रोत छैन । पहिरोमुनि रात कटाउन बाध्य छौं । ३० परिवारसँग आफ्नो जमिन छैन । अर्काको जमिनमा बसेका छौं । हाम्रो सबै जमिन पहिरोले बगाइसकेको छ’, उनले भने ।

डोलवासीले अन्यत्र बसोबासका लागि २०१८ सालदेखि नै पहल गर्दै आएका हुन् । हरेक सरकारबाट बस्ती स्थानान्तरणको आश्वासनसमेत पाउने गरेका छन् । तर सरकारको आश्वासन आश्वासनमै सीमित छ । ‘पहिरो नियन्त्रणका लागि ३० वर्षको उमेरदेखि सिंहदरबार धाउन थालेको हुँ । कि बासको व्यवस्था हुनुप¥यो, कि पहिरो नियन्त्रणका लागि आवश्यक योजना हुनुप¥यो । अहिले ८० वर्षको बूढो भइसकें तर कसैले केही गरिदिएन’, स्थानीयवासी वीरसिंह भण्डारीले भने, ‘एक पुस्ता पहिरोमै बस्यौं । अबको पुस्ताले पनि पहिरोमै बस्नुपर्ने बाध्यता छ ।’

जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तको डोल र गौंकुरामा पहिरोले स्थानीयवासीको निद्रा खोसेको छ । वर्षाको समयमा रातभरि सुत्न नपाएको स्थानीयवासी बहादुर भुलको गुनासो छ । ‘माथिबाट कतिखेर पहिरो खस्छ । केही थाहा हुँदैन । दिउँसो राम्रै अवस्थामा रहेका खेत रातमै बगर बन्छन् ।’

गाउँ नै पूरै पहिरोको चपेटामा परेकाले वर्षाको समयमा सेताम्य देखिन्छ ।

खानेपानीका मुहानसमेत पहिरोले बगाएपछि स्थानीयवासी खोलाको दूषित पानी पिउन बाध्य छन् । ‘दिनभर मजदुरी गरेर कमाएको गाँस पनि सुखले खान पाइँदैन’, स्थानीवासी धन्वा भुलले दुखेसो गरे, ‘गरिब, समस्यामा परेका नागरिकका लागि सरकारले सहयोग गर्छ भन्थे तर हाम्रा लागि कसैले केही गरेन ।’ अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो