सास | सरकारले वैदेशिक रोजगार व्यवस्थापनको प्रभावकारी कानूनी संरचना तथा प्रकृयागत व्यवस्थापन भएको दाबी गरेको छ । तर, यथार्थमा भन्नुपर्दा विदेश जाने सामान्य श्रमिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | सरकारले वैदेशिक रोजगार व्यवस्थापनको प्रभावकारी कानूनी संरचना तथा प्रकृयागत व्यवस्थापन भएको दाबी गरेको छ । तर, यथार्थमा भन्नुपर्दा विदेश जाने सामान्य श्रमिक"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी १३ कारणले वैदेशिक रोजगारी समस्याग्रस्त बनेको छ

२०७४, १४ श्रावण शनिबार १२:३७

सास | सरकारले वैदेशिक रोजगार व्यवस्थापनको प्रभावकारी कानूनी संरचना तथा प्रकृयागत व्यवस्थापन भएको दाबी गरेको छ । तर, यथार्थमा भन्नुपर्दा विदेश जाने सामान्य श्रमिक नागरिक विमानस्थल पुगुन्जेल नेपालभित्रै चार-पाँचपटक बेचिन्छन् । 

विदेश पुगेपछि कतिपटक बेचिन्छन्, त्यसको अनुमान गर्न कठिन छ । त्यहाँ नेपाली श्रमिकहरूले नियमअनुसार पाउनुपर्ने तलब सुविधा पाउँदैनन् । जीवन र व्यवसाय दुवै अपेक्षाकृत सुरक्षित हुँदैन । यसको पूर्ण जानकारी हुँदा पनि सम्बन्धित निकायमा त कानमा तेल हालेर सुत्ने प्रवृति बढ्दो छ । वैदेशिक रोजगारीमा जान खोज्ने श्रमिकलाई कहाँ जाने, के काम गर्ने, कति तलब पाउने इत्यादिको सूचना दिनसमेत सरकारी निकाय र यसका सहयोगीहरू असक्षम देखिएका छन् ।  

वैदेशिक रोजगारीको प्रशासन र व्यवस्थापन विकारल समस्या देखिएको छ । 

यसलाई सूचीकृत गर्दा मुख्यतः 

(क) मेन पावर कम्पनी र यिनका एजेण्टहरूमा देखिएको बढ्दो दलाली र अपराधीकरण 

(ख) असक्षम र कमजोर सरकारी नियमन र व्यवस्थापन 

(ग) हचुवा र असक्षम वैदेशिक रोजगार नीति  

(घ) मानव संसाधन विकास नीतिविहीन शासकीय प्रणाली 

(ङ) वैदेशिक रोजगारको लक्षितवर्गमा जनचेतना, शिक्षा र शीपको अभाव 

(च) अन्तरसरकारी निकायमा द्वन्द्व 

(ज) अव्यवस्थित विप्रेषण व्यवस्थापन 

(झ) श्रमिक आप्रवासीको पेशागत र स्वास्थ्यजन्य सुरक्षाको सङ्कट 

(ञ) अप्रभावकारी श्रम कूटनीति 

(ट) दिशाविहीन वैदेशिक रोजगार प्रवर्द्धन 

(ठ) अनौपचारिक र गैरकानूनी वैदेशिक रोजगारीमा जाने बढ्दो प्रवृत्ति 

(ड) बढ्दो भ्रष्टाचार र अनियमितता 

(ढ) नक्कली कागजात र  फर्जी प्रकृया र वैदेशिक रोजगारीका नाममा बढ्दो मानव बेचबिखन तथा ओसार पसारको विकराल अवस्था इत्यादि रहेको देखिन्छ । 

- कृष्णहरि पुष्कर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो