साउन १५, काठमाडौं । शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, काठमाडौं । शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श"/>

2026-09-22 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन रोक्न खोज्दैछन् शिक्षामन्त्री अस्थायी शिक्षक परीक्षा ?


साउन १५, काठमाडौं । शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन् ।

अस्थायी शिक्षकहरूसँग परीक्षा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रोपटक परीक्षा सार्न आयोगलाई दबाब दिएका हुन्। गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२असोज २ सम्म नियुक्ति लिएका स्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्षभित्र सुरु गर्नुपर्ने व्यवस्था छ।

यही व्यवस्थाअनुसार गत चैत १९ मा आयोगले स्थायी शिक्षकलाई स्थायी बनाउन विज्ञापन गरेको थियो। गत असार २३ मा परीक्षाको मिति तय गरिएकोमा मन्त्री श्रेष्ठले अस्थायीको आन्दोलनको कारण देखाउँदै परीक्षा सारेको बताउँदै आएका छन्।

आयोगले भदौ ३ गते गर्न लागेको परीक्षा पनि पुनः सार्न उनले आयोगलाई दबाब दिएका हुन्। शिक्षामन्त्री श्रेष्ठले बिहीबार आयोगका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर परीक्षा सार्न दबाब दिएका हुन् । 

‘मन्त्रीज्यूले परीक्षा सार्न आग्रह गर्नुभयो’, आयोगका अध्यक्ष ताना गौतमले भने, ‘कानुनअनुसार परीक्षा लिइएकाले हामीले परीक्षा सार्न सकिँदैन भन्यौं।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित