साउन १५, काठमाडौँ ।

पहिलो: माओवादीको सशस्त्र युद्ध घोषणा

पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, काठमाडौँ ।

पहिलो: माओवादीको सशस्त्र युद्ध घोषणा

पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सा"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता थिए देउवाका तीन पटकको भारत भ्रमण

१५ श्रावण २०७४, आईतवार ०१:३६


साउन १५, काठमाडौँ ।

पहिलो: माओवादीको सशस्त्र युद्ध घोषणा

पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सातदिने औपचारिक भ्रमण गरेका थिए । त्यसवेला प्रधानमन्त्री देउवा भारतमा रहेकै वेला माओवादीले १ फागुनमा रोल्पा, रुकुम, सिन्धुली र गोर्खामा आक्रमण गरेर सशस्त्र युद्ध घोषणा गरेको थियो । 

तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे संयुक्त समझदारीपत्र भएको थियो । त्यसअघि भएको महाकाली सन्धिको शीघ्र कार्यान्वयन र परियोजनामा निजी लगानीसमेत आकर्षित गर्ने सहमति भएको थियो । महाकाली सन्धिको २२ वर्षपछि दिल्ली जाँदै गरेका देउवाले सन्धि कार्यान्वयनलाई जोड दिने तयारी गरेका छन् ।

दोस्रो : माओवादीलाई आतंककारी घोषणा

दोस्रोपटक प्रधानमन्त्री हुँदा देउवा ०५८ चैत ७ देखि ११ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निमन्त्रणामा भएको भ्रमणमा माओवादीविद्धको लडाइँमा देउवाले भारतसँग सहयोगको प्रस्ताव गरेका थिए । त्यसवेला माओवादीलाई सरकारले आतंककारी घोषणा गरेको थियो भने नेपालमा संकटकालको अवस्था थियो । भारतले पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति त्यतिवेलै गरेको थियो । त्यसवेला महाकाली सन्धिको कार्यान्वयनलाई दुवै सरकारले उच्च प्राथमिकतामा राखेको संयुक्त वक्तव्यमा उल्लेख थियो ।

तेस्रो : माओवादीविरुद्ध सहयोगको माग

एमाले र कांग्रेस प्रजातान्त्रिकको संयुक्त सरकार गठनपछि देउवाले प्रधानमन्त्रीका रूपमा ०६१ भदौ २३ देखि २७ सम्म भारत भ्रमण गरेका थिए । प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा भएको भ्रमणका वेला २५ बुँदे संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

त्यसवेला देउवाले माओवादीविरुद्धको सरकारी लडाइँमा सहयोगका लागि आग्रह गरेका थिए । भारतीय तत्कालीन प्रधानमन्त्री सिंहले सहयोगको वचन दिएका थिए । त्यसवेला भारतले प्रहरीसहित सुरक्षाफौजलाई मद्दत गर्ने वचन दिएको थियो ।

चौथो : माओवादी परराष्ट्र मन्त्रीसँगै भ्रमणमा

संयोगले देउवाको यसपालिको भारत भ्रमणमा साथमा परराष्ट्रमन्त्रीका रूपमा माओवादी नेता कृष्णबहादुर महरा साथमा हुनेछन् ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश