Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फेसबुकमार्फत चरित्र हत्या गर्ने दुई जना प्रहरी फन्दामा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १५, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो र सन्देशबाट चरित्र हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मोरङ उर्लाबारी घर भई मैतीदेवी बस्दै आएका ३२ वर्षीय दिनेश न्यौपाने र काठमाडौं सीतापाइला बस्दै आएकी रिना थापामगर छन् ।

उनीहरूले नक्कली फेसबुक खाता बनाएर बसुन्धारा बस्ने मोरङकी २० वर्षीया युवती र उनका आफन्तलाई अश्लील तस्बिर र सन्देश पठाएर मानसिक पीडा र चरित्र हत्या गरेका थिए ।

सोमबार पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।