2026-09-18 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्याङ्जाका नौवटा सहकारीको दर्ता खारेज

साउन १६, वालिङ । डिभिजन सहकारी कार्यालय स्याङ्जाले निष्क्रिय सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । आफ्नो उद्देश्यअनुसार काम नगरेर निष्क्रिय रहेका जिल्लाका नौवटा सहकारी संस्थाको दर्ता खारेज गरेको डिभिजन सहकारी कार्यालय स्याङ्जाका सहकारी निरीक्षक विष्णुप्रसाद ढकालले बताउनुभयो । 

ढकालका अनुसार कृषिसम्बन्धी तीन, बचत तथा ऋण दुई, दुग्ध उत्पादन दुई र तरकारी तथा फलफूल उत्पादन एक र मत्स्य तथा कृषि एक गरी नौवटा रहेका छन् । 

सेखाम सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट नगरपालिका–५, उदयमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनास गाउँपालिका–१, उन्नतिशील कृषि सहकारी संस्था चापाकोट नपा–४, सिर्जनशील कृषि सहकारी संस्था आँधीखोला गाउँपालिका–५, शुभयात्रा सहकारी वालिङ नपा–८, बाँस्टारी मत्स्य तथा कृषि सहकारी कालीगण्डकी गाउँपालिका–५, आदर्श नमूना तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था पुतलीबजार नपा–११, गौमुख दुग्ध उत्पादक सहकारी संस्था गल्याङ नपा–९, सामूहिक गौशाला सहकारी संस्था वालिङ नपा–१ र बाँस्टारी मत्स्य तथा कृषि सहकारी संस्था कालीगण्डकी गाउँपालिका–५ खारेज भएका हुन् । 

सहकारी नियमअनुसार २ वर्षसम्म कुनै पनि कारोबार नगर्नु, गत आवको साधारणसभा, लेखा परीक्षण प्रतिवेदन र माग गरेका अन्य विवरण नबुझाउने सहकारी खारेज गरिएको हो । हाल स्याङ्जामा जिल्ला सहकारी सङ्घ, विषयगत सङ्घ र विभिन्न प्रकृतिका ३८० वटा सहकारी रहेका सहकारी निरीक्षक ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई