2026-07-26 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई अढाई गुणासम्म आर्थिक भार बढ्यो

साउन १६, काठमाडौं । सरकारले आजदेखि लागु हुनेगरि नेपालबाट बिभिन्न देशमा जाने कामदारसँग लिने कल्याणकारी शुल्कमा अढाई गुणासम्म वृद्धि गरेको छ । 

सरकारको नयाँ निर्णय अनुसार यसअघि सबै किसिमका श्रम स्वीकृति गर्नको लागि १ हजार मात्रै शुल्क तिरे पुग्नेमा आज देखि लागू हुने गरी ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँदेखि २५ समयसम्म शुल्क लिनेछ ।

नयाँ नियम अनुसार खाडी मुलुकमा रोजगारीको लागि जाने नेपालीहरुले यस अघि १ हजार तिर्नुपर्नेमा अब ५०० रुपयाँ बढी तिर्नु पर्ने भएको छ भने कोरिया, जापान, इजरायल, अमेरिका लगायत युरोपेली देशका वर्किङ भिसामा जाने कामदारले ३ वर्षभन्दा बढी अवधिका लागि जाँदा २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रचण्डको घोषणा कार्यान्वयन 

सरकारले विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई यस अघिको तुलनामा ४ लाख क्षेतीपूर्ति थप गर्दै क्षतिपूर्ति बापतको रकम ७ लाख पुर्याएको छ । आजैदेखि लागु हुनेगरि सरकारले विदेशमा मृत्यु भएका कामदारका परिवारलाई दिने क्षतिपूर्तिमा थप ४ लाख रुपैयाँ बढाएको छ । विदेशमा ज्यान गुमाएका कामदारका परिवारले हालसम्म ३ लाख रुपयाँ मात्रै क्षतिपूर्ति पाउँदै आएका थिए ।

यस अघि प्रचण्ड नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानमन्त्री प्रचण्डले क्षतिपूर्ति रकम ७ लाख पुर्‍याउने घोषणा गरेका थिए । सरकारले त्यसै अनुसार बढाउने तयारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ