९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई अढाई गुणासम्म आर्थिक भार बढ्यो

१६ श्रावण २०७४, सोमबार १०:५७

साउन १६, काठमाडौं । सरकारले आजदेखि लागु हुनेगरि नेपालबाट बिभिन्न देशमा जाने कामदारसँग लिने कल्याणकारी शुल्कमा अढाई गुणासम्म वृद्धि गरेको छ । 

सरकारको नयाँ निर्णय अनुसार यसअघि सबै किसिमका श्रम स्वीकृति गर्नको लागि १ हजार मात्रै शुल्क तिरे पुग्नेमा आज देखि लागू हुने गरी ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँदेखि २५ समयसम्म शुल्क लिनेछ ।

नयाँ नियम अनुसार खाडी मुलुकमा रोजगारीको लागि जाने नेपालीहरुले यस अघि १ हजार तिर्नुपर्नेमा अब ५०० रुपयाँ बढी तिर्नु पर्ने भएको छ भने कोरिया, जापान, इजरायल, अमेरिका लगायत युरोपेली देशका वर्किङ भिसामा जाने कामदारले ३ वर्षभन्दा बढी अवधिका लागि जाँदा २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रचण्डको घोषणा कार्यान्वयन 

सरकारले विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई यस अघिको तुलनामा ४ लाख क्षेतीपूर्ति थप गर्दै क्षतिपूर्ति बापतको रकम ७ लाख पुर्याएको छ । आजैदेखि लागु हुनेगरि सरकारले विदेशमा मृत्यु भएका कामदारका परिवारलाई दिने क्षतिपूर्तिमा थप ४ लाख रुपैयाँ बढाएको छ । विदेशमा ज्यान गुमाएका कामदारका परिवारले हालसम्म ३ लाख रुपयाँ मात्रै क्षतिपूर्ति पाउँदै आएका थिए ।

यस अघि प्रचण्ड नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानमन्त्री प्रचण्डले क्षतिपूर्ति रकम ७ लाख पुर्‍याउने घोषणा गरेका थिए । सरकारले त्यसै अनुसार बढाउने तयारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो