साउन १८, काठमाडौं । हालै विप्लव नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेका छन् ।

उनी पहिले आबद्ध मूल पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी नै ४५ सय जनाको छ । तर, विप्लवतिर भने तीनवटा तह स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटि गरी जम्मा ६१ सदस्य छन् ।

त्यही समितिको पूर्ण बैठक गत साता बस्दा के निश्कर्ष निकालियो भने, ‘हामीले अवैधानिक बाटोबाट राष्ट्रवादी धारको एजेण्डा अगाडि बढायौं । त्यही काम एमालेले वैधानिक ढंगले ग¥यो । हामीबीच राष्ट्रवादको एजेण्डामा अघोषित मोर्चाबन्दिजस्तो देखियो । जसको फाइदा एमालेलाई भयो ।’

उनीहरुले संसदीय धारको प्रतिनिधिका रुपमा एमाले र गैरसंसदीय लाइनको मूल वाहक आफू भएको निश्कर्ष निकालेका थिए । हुन पनि फिल्डमा केसम्म देखियो भने चुनावी अभियानताका विप्लवका कार्यकर्ता कालिकोटलगायत जिल्लातिर पक्राउ खाँदा एमालेनिकट वकिल, पत्रकार र मानवअधिकारकर्मीले उनीहरुलाई रिहा गराउन भूमिका खेले ।

प्रचण्डको पार्टी अर्को निर्वाचनसम्म झनै ओरालो लाग्ने अनुमान पनि सो बैसठकले गरेको सहभागी स्रोतले बतायो । उनीहरुको तर्क के थियो भने एमाले जस्तै पाटीृ बनाउने हो भने त एमाले नै छँदै छ नि, एउटा म्यानमा दुईवटा तरबार किन चाहियो ? -जनआस्था साप्ताहिक