साउन १९, काठमाडौँ । हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । 

चि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, काठमाडौँ । हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । 

चि"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्या आरोपमा तीन वर्षदेखि साउदी जेलमा, निर्दोष ठहरिए पनि रिहा गरिएन

१९ श्रावण २०७४, बिहीबार ०१:४६

साउन १९, काठमाडौँ । हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । 

चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको अदालतले निर्दोष घोषणा गरे पनि थप प्रक्रियामा ढिलासुस्ती हुँदा रिहा हुन सकेका छैनन् ।

सोमप्रसादको हत्या आरोपमा तीन वर्षअघि प्युठानका सतिउल्लाह मियाँसँगै टीकाराम पनि पक्राउ परेका थिए । मियाँले हत्या आफूले मात्र गरेको स्वीकार गरेपछि गत १७ वैशाखमा साउदीको तल्लो अदालतले टीकारामलाई निर्दोष घोषणा गरेको थियो । तर, तल्लो अदालतको फैसला अपिल कोर्टले सदर गरिनसकेकाले उनी अझै रिहा हुन सकेका छैनन् ।

साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवतीरमण पौडेलका अनुसार तल्लो अदालतले गरेको फैसला अपिल कोर्टले सदर गरेपछि मात्रै कार्यान्वयनमा आउँछ । ‘प्युठानका सतिउल्लाहले ब्लडमनी आफूले मात्र तिर्न नपरोस् भनेर टीकारामले पनि हत्या गरेको हो भनेका रहेछन् । उनले पछिल्लो बयानमा टीकाराम निर्दोष रहेको भनेर स्विकारेका छन् । तल्लो अदालतले टीकारामको पक्षमा फैसला दिएको छ, अपिल कोर्टले तल्लो अदालतको निर्णय सदर गरेपछि कार्यान्वयनमा आउँछ,’ उनले भने ।

साउदीमा अहिले हजको समय रहेको र अपिल कोर्टका एक न्यायाधीश बिदामा रहेकाले टीकाराम निर्दोष भएको निर्णय सदर भइनसकेको महावाणिज्यदूत पौडेलले बताए । ‘अहिले यहाँ हजको समय छ । मुस्लिम समुदायको तीर्थयात्राको समय हो । अगस्ट पहिलो हप्तातिर हामी अपिल कोर्टका न्यायाधीशसमक्ष कुरा गर्न जान्छौँ । उहाँ छुट्नलाई अब धेरै समय नलाग्ने देखिन्छ । तर, अपिल कोर्टले तल्लो अदालतको निर्णय मान्नुपर्छ,’ उनले भने ।

सोही घटनाको शव ३ वर्षदेखि अलपत्र

मृतक सोमप्रसादका दाइ नवदीप सिलवालका अनुसार हत्या भएको तीन वर्ष पूरा भयो । उनको कंकाल पनि नेपाल ल्याउन सकिएको छैन । जसले गर्दा धार्मिक परम्पराअनुसार परिवारले दाहसंस्कार पनि गर्न पाएको छैन । ‘घरमा बुढा बाआमा छन् । 

भाइ नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए,’ नवदीपले भने । सोमप्रसादको जलेको शरीरको कंकाल संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । पटक–पटक पहल गर्दा पनि कंकालसमेत नेपाल ल्याउन नसकेको नवदीपले बताए ।

यसरी भएको थियो घटना

चितवनको खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि रोजगारीका लागि साउदी अरब गए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । 

एक दिन साँझ सोमप्रसाद, टीकाराम सापकोटा र प्युठानका सतिउल्लाह मियाँले सँगै बसेर मदिरा सेवन गरे । व्यक्तिगत रिसइबीका कारण त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए । तीनैजना ड्राइभिङ भिसामै साउदी पुगेकाले सतिउल्लाहले आफ्नै गाडीमा राखेर सोमप्रसादको शव मरुभूमि लगेका थिए । 

सो घटनामा सहयोग रहेको आशंकामा प्रहरीले टीकारामलाई पनि पक्राउ गरेर जेलमा राख्यो । सतिउल्लाहको पछिल्लो बयानका आधारमा तल्लो अदालतले टीकाराम निर्दोष रहेको फैसला दिएको छ । उनी निर्दोष साबित भए पनि तीन वर्ष जेल राखिएकोमा क्षतिपूर्ति पाउने–नपाउने भन्ने अझै स्पष्ट भएको छैन । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश