२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार, अपहरणकारी पक्राउ

२१ चैत्र २०८१, बिहीबार १६:५८

सुनसरीको कोशी गाउँपालिकाबाट अपहरणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ। बुधबार अपहरणमा परेकी कोशी गाउँपालिका-७ मुसहरी टोल बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी ईशु सदालाई जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी युगराज खतिवडाको नेतृत्वको प्रहरी टोलीले बिहीबार उद्धार गरेको हो।

बालिकालाई सुनसरीबाट कोशी ब्यारेजबाट सप्तरी तर्फ लैजाँदै गर्दा ५६ नम्बर ढोकाबाट उद्धार गरी अपहरणमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताएका छन्।

उनले बुधबार दिउसो १:५० बजे बालिका अपहरणमा परेको खबर पाउने बित्तिकै डीएसपी योगराज खतिवडाको नेतृत्वमा नौ जना प्रहरीको टोली परिचालन गरी बालिकाको उद्धार गर्न प्रहरी सफल भएको बताए।

बालिका अपहरण गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका-१२ स्थित धरमपुर घर भएका जितुवा भन्ने जितेन्द्र साह (हलुवाइ)लाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए। उनले बालिका अपहरणमा परेको खबर पाउनासाथ सबै गौडाहरूमा प्रहरी परिचालन गरि घेरा हालेर बालिकालाई उद्धार र अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताए।

प्रहरीले अपहरणमा परेकी बालिकालाई भारततर्फ लान सक्ने भएकाले नेपाल-भारत सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको एसपी तिम्सिनाले बताए। घर अगाडि खेलिरहेकी बालिकालाई साहले सिटि सफारीमा हालेर अपहरण गरेको सीसीटीभी फुटेजको सहायतामा बालिकालाई उद्धार गरिएको हो। अपहरणकारी साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाको अनुसन्धान थालिएको एसपी तिम्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह