2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नाममा मात्रै सीमित खोज तथा उद्धार कार्यदल, रुडुकको लगानी बालुवामा पानी

ललित बोहरा | साउन २१, डडेल्धुरा | डडेल्धुरा जिल्लाको भित्री मधेष क्षेत्र प्राकृतिक विपद्को दृष्टिकोणले अति संवेदनशिल तथा संकटासन्न क्षेत्रका रुपमा मानिने गर्दछ । तत्कालिन जोगबुढा र शिर्ष गाविस हालको परशुराम नगरपालिका अन्र्तगत पर्ने रंगुन खोला र पन्तुरा खोलाले यस क्षेत्रमा लामो समय देखी क्षती पुर्याउदै आएका छन् ।

वर्षादको समयमा बर्षेनी यस क्षेत्रमा बाढीले बगाएर कम्तीमा १ जना देखी ७ जना सम्मले ज्यान गुमाउने गरेका स्थानीय समाजसेवी डम्वर बिष्टको भनाई रहेको छ । बुधबार मात्रै रंगुन नदीमा सामुदायिक विपद पूर्वतयारी तथा नमुना पूर्व अभ्यास गरियो तर त्यसको प्रतिफल भने शून्य रह्यो  ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत पहल परियोजनाको आयोजनामा उक्त अभ्यास गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी समेतको उपस्थितीमा भएको पुर्व अभ्यास आफूहरुका लागि अर्थहीन भएको स्थानीय राजु बुढाले जानकारी दिएका छन् ।

नमुना अभ्यास सम्पन्न भएकै दोस्रो दिन बिहीबार बेलुकी रंगुन तथा पन्तुरा खोलामा आएको बढीले नदीको बिचमा थुनिएका १४ जना स्थानीय वासिन्दालाई कुनैपनि खोज तथा उद्धार कार्यदलले उद्धार गर्न नसक्दा उक्त नमुना अभ्यासमा गरिएको ‘रुडुकको लगानी बालुवामा पानी’ भएको छ ।

संस्थाहरुले बजेट सिध्याउनका लागि गाँउमा गएर नमुना अभ्यास गराएपनि त्यसको कार्यान्वयन भने कहि कतै नभएको स्थानीय खडक सिंह ढाटले बताएका छन् । समुदायमा जनचेतना जगाउने तथा विपद्का बेला कसरी जागीने भन्ने उदेश्यले सो अभ्यास गरिएको भएपनि त्यस अभ्यासमा सहभागिहरुले बिहीबार बेलुकी रंगुन नदी र पन्तुरा नदीको विच भंगालोमा थुनिएका स्थानीय वासिन्दाको उद्धार गर्न नसक्नुले अभ्यासको प्रभावकारीता प्रष्ट देखिएको छ ।

खोज तथा उद्धारका नाममा बजेट हसुल्ने एनजिओ हरुले ग्रामिण क्षेत्रका जनताका पिर मार्का भन्दा पनि आफ्ना कार्यक्रमहरु लाई सहयोग पुग्ने गरि कार्यक्रम सञ्चालन गरिरहेकाले लक्षित वर्ग लाभान्वित हुन नसकिरहेका स्थानीयको गुनासो रहेको छ ।

आफूहरुले खोज तथा उद्धार सम्वन्धी अभ्यास गराएको भएपनि समुदायका मानिसहरुले उद्धार गर्न नसकेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत अमर साउँदले बताएका छन् ।

विपद् व्यस्थापन इकाइ अन्तर्गत समुदायमा रहेका कार्यदल तथा खोज उद्वार कार्यदल हरुलाई मानविय क्षती न्युनिकरण गर्न आफुहरुले उद्वार सामग्री सहित सम्वेदनशिल रंगुन खोलामा अभ्यास गराएको भएपनि अर्को दिनको रातिको समय भएको र खोलाको बहाव बढी भएका कारण उद्धार गर्न नसकेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत साउँदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई