Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सोर्डेक नेपालकोे बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पर्वत ।पर्वतमा क्रियाशिल गैरसरकारी संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले गत आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुको बार्षिक समिक्षा      गरेको छ ।

जिल्लामा दर्जनौ गैरसरकारी संस्थाहरु संचालनमा आएका बेला उक्त संस्थाले पहिलोपटक बार्षिक समिक्षा गरेको हो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, गरिबी निवारण, आजआर्जन लगायतका विषयमा काम गर्दै आएको सोर्डेक नेपालले गत आर्थिक वर्षमा २      करोड १० लाख ७६ हजार बराबरका गतिविधिहरु संचालन गरेको सोर्डेक नेपालले गत आर्थिक वर्षमा २ करोड १० लाख ७६ हजार       बराबरका गतिविधिहरु संचालन गरेको छ ।

सो संस्थाद्धारा संचालित लैंगिक समानताको लागि महिला शसक्तिकरण परियोजना, साना किसान उद्यम सवलीकरण, पर्वत सामुदायिक विकास परियोजना, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम, युवा स्वरोजगारका लागि तरकारी खेती आयोजना, खानेपानी आयोजना, सस्स्थागत स्वालम्वन कोष कार्यक्रम, संस्थागत विकास तथा व्यवस्थापन लगायतका कार्यक्रमहरु संचालन गरेको कार्यक्रम संयोजक देविप्रसाद तिमिल्सिनाले जानकारी दिए।  त्यसैगरी संस्थाको      बारेमा गरिएको सामाजिक परिक्षण समेत सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा विभिन्न परियोजना संचालन गर्नका लागि संस्थामा आएको कुल २ करोड ५५ लाख ३७ हजार रुपैया मध्ये २ करोड १० लाख ७६ हजार खर्च भैसकेको र ४४ लाख ६१ हजार रुपैया मौज्दात रहेको पनि तिमिल्सिनाले जानकारी दिए ।

संस्थाले पर्वत, म्याग्दी, स्याङ्जा, सल्यान र पाल्पा जिल्लामा आफ्ना क्रियाकलाप संचालन गर्दै आएको छ । संस्थाले गरेका आयआर्जनका कार्यहरु मध्ये कृषि र पशुपालनमा बढि सफलता देखिएको छ । बढ्दो बेरोजगारी र युवा पलायनको दरलाई कम गर्ने उद्धेश्यले संचालन भएका त्यस्ता गतिविधिमा स्थानिय वासिहरुको आकर्षण बढेको समेत बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहरबी पौडेलले गैरसरकारी संस्थाहरु पारदर्शि हुँदैनन् र उनिहरुका गतिविधि प्रभावकारी छैनन् भन्ने गरिएका बेला यसरी बार्षिक कार्यक्रम र सामाजिक परिक्षण गरिनु राम्रो पक्ष भएको बताए ।   उनले नागरिकहरुको निम्ति दातृ निकायहरुबाट प्राप्त बजेट तथा कार्यक्रमलार्इ     प्रभावकारी रुपमा खर्च गर्नुपर्नेमा जोड दिए । उनले जिल्ला समन्वय समिति सँधै गैरसरकारी संघ संस्थाहरुसँग मिलेर अघि बढ्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सोर्डेक नेपालका कार्यबाहक अध्यक्ष यमुना पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम व्यवस्थापक देखि तिमिल्सना र संचालन सूचना अधिकारी रमेश रिजालले गरेका थिए  कार्यक्रममा विषयगत सरकारी कार्यालयका प्रतिनिधिको सहभागीता रहेको थियो ।