2026-08-22 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ

काठमाडौँ | सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवानगञ्ज १ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । प्रहरीले उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरेको हो । ‘देवानगन्जामा चोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको छ । अहिले दुई जनालाई पक्राउ गरिएको छ । अझै तीन जना फरार छन् । उनीहरूको खोजी कार्य पनि हामीले तीव्र बनाएको छ,’ तिम्सिनाले भने ।

गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोतले बताएको छ । उनी फरार रहेका छन् । आर्थिक लेनदेनको कारणले गोली चलाएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । ‘अहिले आर्थिक लेनदेन देखिएको छ । थप अनुसन्धानपछि विस्तृतमा जानकारी आउनेछ,’ एसपी तिम्सिनाले भने ।

प्रहरीले पक्राउ गरेको रविन यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका अभियुक्त हुन । एक महिना अगाडी लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका प्रतिवादी हुन् । गोली चलाउने र घाइते हुने साथीहरू हुन् । हिजो साँझ ६ः३० बजेतिर देवानगन्जामा तीन राउन्ड गोली चलेको थियो । गोली लागेर देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव घाइते भएका थिए । घाइतेमध्ये शिवकुमारको अवस्था गम्भीर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै