Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

२०८२, ४ बैशाख बिहीबार १४:५८

काठमाडौँ | आज कर्णाली बाहेकका सबै जिल्लाका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बिहीबार दिउँसो) अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ।

आज कोसी प्रदेशको पहाडी र तराई क्षेत्रका एकदुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशैभरीका पहाडी क्षेत्रका केही ठाउँमा र बाँकी भूभागका थोरै ठाउँमा आज पानी पर्न सक्ने अनुमान पनि महाशाखाको छ। यसले खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ। त्यसैगरि भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालको मौसममा परेकाले धेरैतिर वर्षा भइरहेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ