२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महायज्ञ व्यावस्थापनका लागी विभिन्न उपसमिती गठन

२०७२, २६ भाद्र शनिबार ०८:०७

पूर्णबहादुर खड्का/भदौ २६, बयालपाटा । धर्मजागरण, समाजविकास र आत्मशान्ती भन्दै अछाम जिल्लाको बयालपाटामा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०७२ संचालन हुने भएको छ ।

समग्र विश्व शान्ती, स्वराष्ट्र कल्ययाण, पितृमोक्ष तथा योगभवन एवंम भैरव मन्दिर जिर्णोधारका लागी ज्ञानमहायज्ञ संचालन गर्न लागिएको हो । जिल्लाको बयालपाटामा बि.स. १५६५ देखी संचालनमा रहेको प्राचिन भैरव मन्दिरको जिर्णोधार गर्ने मुल उदेश्यले महायज्ञ संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

महायज्ञ संचालनका लागी समाजसेवी तथा बयोबृद्ध भीमबहादुर कडायतको अध्यक्षतामा बैठक बसी ज्ञानमहायज्ञ मुल आयोजक समिती तथा विभिन्न उपसमितीहरु गठन गरिएका छन । खेम कडायत संयोजक रहने गरी ६१ सदस्यि मुल आयोजक समिती गठन गरिएको छ भने ज्ञानमहायज्ञ व्यावस्थापनका लागी विभिन्न उपसमिती समेत गठन गरिएका छन ।

जसमा हिउद केसीको संयोजकत्वमा प्रचार प्रसार उपसमिती, मञ्जु कवँरको संयोजकत्वमा भोजन व्यावस्थापन समिती, पदम कुवँरको संयोजकत्वमा मञ्च व्यावस्थापन समिती, पूर्णकुमार रावलको संयोजकत्वमा स्वागत समाहरो समिती, गंगा बोहोराको संयोजकत्वमा स्वयमसेवक समिती र प्रेमराज शर्माको संयोजकत्वमा आर्थिक संकलन समिती गठन गरिएको छ ।

यहि असोज २६ गते देखी कार्तिक २ गते सम्म बयालपाटामा पहिलो पटक सञ्चालन हुने ज्ञानमहायज्ञमा ख्यातीप्राप्त राष्ट्रिय कथावाचक व्यासाचार्य उप प्रा. श्री देवेन्द्रप्रसाद भट्टले प्रवचन दिने कार्यक्रम रहेको प्रचार प्रसार उपसमितीका संयोजक हिउदय केसीले जानकारी दिनुभयो ।

साथै ज्ञानमहायज्ञमा राष्ट्रिय संगितकार एवम कलाकारहरुबाट भजनर्कितन तथा झाँकी प्रदर्शन गरिने भएकाले यस महान कार्यमा तन, मन र धनले सहयोगगरी आफ्नो जीवनलाई पवित्र पार्नका साथै उपस्थित हुन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो