२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महायज्ञ व्यावस्थापनका लागी विभिन्न उपसमिती गठन

२६ भाद्र २०७२, शनिबार ०८:०७

पूर्णबहादुर खड्का/भदौ २६, बयालपाटा । धर्मजागरण, समाजविकास र आत्मशान्ती भन्दै अछाम जिल्लाको बयालपाटामा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०७२ संचालन हुने भएको छ ।

समग्र विश्व शान्ती, स्वराष्ट्र कल्ययाण, पितृमोक्ष तथा योगभवन एवंम भैरव मन्दिर जिर्णोधारका लागी ज्ञानमहायज्ञ संचालन गर्न लागिएको हो । जिल्लाको बयालपाटामा बि.स. १५६५ देखी संचालनमा रहेको प्राचिन भैरव मन्दिरको जिर्णोधार गर्ने मुल उदेश्यले महायज्ञ संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

महायज्ञ संचालनका लागी समाजसेवी तथा बयोबृद्ध भीमबहादुर कडायतको अध्यक्षतामा बैठक बसी ज्ञानमहायज्ञ मुल आयोजक समिती तथा विभिन्न उपसमितीहरु गठन गरिएका छन । खेम कडायत संयोजक रहने गरी ६१ सदस्यि मुल आयोजक समिती गठन गरिएको छ भने ज्ञानमहायज्ञ व्यावस्थापनका लागी विभिन्न उपसमिती समेत गठन गरिएका छन ।

जसमा हिउद केसीको संयोजकत्वमा प्रचार प्रसार उपसमिती, मञ्जु कवँरको संयोजकत्वमा भोजन व्यावस्थापन समिती, पदम कुवँरको संयोजकत्वमा मञ्च व्यावस्थापन समिती, पूर्णकुमार रावलको संयोजकत्वमा स्वागत समाहरो समिती, गंगा बोहोराको संयोजकत्वमा स्वयमसेवक समिती र प्रेमराज शर्माको संयोजकत्वमा आर्थिक संकलन समिती गठन गरिएको छ ।

यहि असोज २६ गते देखी कार्तिक २ गते सम्म बयालपाटामा पहिलो पटक सञ्चालन हुने ज्ञानमहायज्ञमा ख्यातीप्राप्त राष्ट्रिय कथावाचक व्यासाचार्य उप प्रा. श्री देवेन्द्रप्रसाद भट्टले प्रवचन दिने कार्यक्रम रहेको प्रचार प्रसार उपसमितीका संयोजक हिउदय केसीले जानकारी दिनुभयो ।

साथै ज्ञानमहायज्ञमा राष्ट्रिय संगितकार एवम कलाकारहरुबाट भजनर्कितन तथा झाँकी प्रदर्शन गरिने भएकाले यस महान कार्यमा तन, मन र धनले सहयोगगरी आफ्नो जीवनलाई पवित्र पार्नका साथै उपस्थित हुन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली