साउन २४, सोल । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ। पेपर दे घर जान्छु भन्दा पनि दिँदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’, पर्वतका २८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, सोल । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ। पेपर दे घर जान्छु भन्दा पनि दिँदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’, पर्वतका २८"/>

2026-07-26 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा नेपाली युवाले श्रीमती र बहिनिलाई यस्तो ‘सुसाइड नोट’ लेखेर गरे आत्महत्या


साउन २४, सोल । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ। पेपर दे घर जान्छु भन्दा पनि दिँदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’, पर्वतका २८ वर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका छन् ।

अरु नेपाली युवाहरुले कोरियामा आत्महत्या गरेको घटना सुन्दा आश्चर्य मान्दै आएका करिब २८ वर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका छन्।

आत्महत्या गर्नुअघि श्रेष्ठले श्रीमती र बहिनीलाई सम्झिएका छन्। श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात् करीव ३२ हजार रुपैयाँ आफ्नो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरिएको छ।

पर्वतको थापाथाना घर भएका श्रेष्ठको स्वास्थ्य खराब रहेको, औषधी उपचार गर्दा पनि निको नभएको, विदा लिएर घरमा आउन चाहेको, कम्पनीले घरमा आउन बिदा नदिएको, निन्द्रा नलाग्ने समस्या रहेको, निन्द्रा लाग्ने औषधि सेवन गर्दै आएको जस्ता तथ्यहरु उनका सहकर्मीका भनाइ र सुसाइड नोटबाट खुल्न आएको छ।

करिब १५ महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका श्रेष्ठले सोमबार आत्महत्या गरेका हुन्। कोरियाको छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भरयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन। छतमा जाने भरयाङमा पासो लगाएर श्रेष्ठले आत्महत्या गरेको श्रेष्ठका रुम पार्टनर अमृत गिरीले जानकारी गराएका छन्।

अघिल्लो दिनमा राम्रोसँग सुतेको साथी बिहान काममा जाने समयमा कोठामा फेला नपरेपछि श्रेष्ठको खोजी शुरु गरिएको थियो। बाथरुम र अन्यत्र खोजी गर्दा नभेटिएका श्रेष्ठ भरयाङमा झुण्डिएको अवस्थामा भेटिएको उनका साथीहले बताएका छन्। साथीका अनुसार कम्पनीको काम सजिलो थियो भने बसाई पनि सहज नै थियो। साथीले एक्कासी आत्महत्या गर्नुको कारण बुझन नसकेको ती साथीले बताएका छन्।

श्रेष्ठ निन्द्रा नलाग्ने समस्याबाट पीडित थिए। निन्द्रा लाग्ने औषधि सेवन गर्दै आएका थिए। बिदा लिएर घरमा आउने चाहना पनि श्रेष्ठले व्यक्त गर्दै आएका थिए तर कम्पनीले बिदा नदिएको गुनासो पनि उनले गरेका छन्। दिवा र रात्रीकालीन सेवा रहेको कम्पनीमा श्रेष्ठले दिवा सेवामा काम गर्ने गरेका थिए।

सहकर्मीहरुका अनुसार कोरियामा किन नेपाली युवाले आत्महत्या गरेर ज्यान गुमाउँछन भनेर कुराकानी गर्ने गर्थे। एक्कासी श्रेष्ठलाई झुण्डिएको अवस्थामा भेट्दा उनका सहकर्मीहरु पनि विक्षिप्त भएका छन्। श्रेष्ठका दाजु पनि कोरियामै काम गर्छन्। सोलसिथ्त नेपाली राजदूतावासले पनि आत्महत्याको बारेमा कोरियन प्रहरीले खबर गरेको बताएको छ। श्रेष्ठको शव छुन्जुस्थित स्थानीय अस्पतालमा राखिएको छ। सो कम्पनीमा अन्य नौ जना नेपालीले काम गर्दै आएका छन्।

तीन दिनअघि गुल्मीका बिष्णुप्रसाद घिमिरेको कार्यस्थलमा दुर्घटनामा निधन भएको थियो। रोजगार अनुमति प्रणाली इपिएस मार्फत् रोजगारीका लागि कोरिया पुग्ने नेपाली युवामा आत्महत्याको क्रम बढेको छ । -अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ