२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मि सम्मानित

२९ भाद्र २०७२, मंगलवार ०४:४०

unnamedकमल रावल । भदौ-२८, अछाम । अछाम जिल्लामा एक बर्षको अवधिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मि सम्मानित भएका छन् । स्वास्थ्यको काम गरिने विभिन्न सुचकका आधारमा जिल्ला भरि नै राम्रो काम गर्ने ३ स्वास्थ्य चौकी सम्मानित भएका छन ।
यस बर्ष विभिन्न सुचकहरुमा उत्कृष्ट नतिजा ९२ प्रतिशत अंक प्राप्त गर्न सफल बारला स्वास्थ्य चौकी, ८२ दशमलव ५ प्रतिशत अंक प्राप्त गर्न सफल हिच्मा स्वास्थ्य चौकी दोस्रो, ७९ प्रतिशत अंक प्राप्त गर्न सफल सान्तडा स्वास्थ्य चौकी तेस्रो र ७७ प्रतिशत अंक प्राप्त गर्न सफल पुल्लेतोला स्वास्थ्य चौकी चौथो भएका छन । जिल्लाका ७४ स्वास्थ्य चौकी र २ प्राथमिक स्वास्थ्य केन्द्र गरि १ देखि ४२ स्थानमा परेका छन । यस वर्ष नाडा स्वास्थ्य चौकी, गाज्रा, ढुगाचाल्ना र वारला पुछारमा परेका छन । गत आर्थिक बर्ष २०७१/७२ को वार्षिक प्रगति तथा ०७२/०७३ का लागि कार्ययोजना निर्माण गरिएको ४ दिने समिक्षा गोष्ठिको क्रममा यो नतिजा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गर्ने पुल्लेतोलाका शैलेन्द्र यादव, जयगढका सविता केसि, कमलबजारका भुमिनन्द ढुगाना र कालिकाका मिन बहादुर चन्द भएका छन । यस्तै जिल्ला स्तरमा राम्रो गरेवापत जिल्ला अस्पतालका सिनियर अनमि निरिक्षक गंगा बुढामगर, एआर टि वितरक प्रबेश भण्डारी, डाक्टर केशव भटराई, वयालपाटा अस्पतालका डाक्टर बिकास गौचन, जेआईजेटका उमा पाठक सम्मानित भएका छन । उहाँहरुलाई कार्यक्रमका प्रमुख अथिती क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक पर्शुराम श्रेष्ठ तथा जिल्ला स्वास्थ्य अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालले अभिनन्दन सहित सम्मान पत्र प्रदान गरेका थिए । यस्तै जिल्लाको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन सहयोग गर्ने गैरसरकारी सस्था र सुचना, समाचार र सन्देश प्रशारण योगदान गर्ने जिल्ला स्थित छापा तथा इलेक्टोनिक सबै सञ्चार माध्यमलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ