2026-07-11 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मि सम्मानित

unnamedकमल रावल । भदौ-२८, अछाम । अछाम जिल्लामा एक बर्षको अवधिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मि सम्मानित भएका छन् । स्वास्थ्यको काम गरिने विभिन्न सुचकका आधारमा जिल्ला भरि नै राम्रो काम गर्ने ३ स्वास्थ्य चौकी सम्मानित भएका छन ।
यस बर्ष विभिन्न सुचकहरुमा उत्कृष्ट नतिजा ९२ प्रतिशत अंक प्राप्त गर्न सफल बारला स्वास्थ्य चौकी, ८२ दशमलव ५ प्रतिशत अंक प्राप्त गर्न सफल हिच्मा स्वास्थ्य चौकी दोस्रो, ७९ प्रतिशत अंक प्राप्त गर्न सफल सान्तडा स्वास्थ्य चौकी तेस्रो र ७७ प्रतिशत अंक प्राप्त गर्न सफल पुल्लेतोला स्वास्थ्य चौकी चौथो भएका छन । जिल्लाका ७४ स्वास्थ्य चौकी र २ प्राथमिक स्वास्थ्य केन्द्र गरि १ देखि ४२ स्थानमा परेका छन । यस वर्ष नाडा स्वास्थ्य चौकी, गाज्रा, ढुगाचाल्ना र वारला पुछारमा परेका छन । गत आर्थिक बर्ष २०७१/७२ को वार्षिक प्रगति तथा ०७२/०७३ का लागि कार्ययोजना निर्माण गरिएको ४ दिने समिक्षा गोष्ठिको क्रममा यो नतिजा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गर्ने पुल्लेतोलाका शैलेन्द्र यादव, जयगढका सविता केसि, कमलबजारका भुमिनन्द ढुगाना र कालिकाका मिन बहादुर चन्द भएका छन । यस्तै जिल्ला स्तरमा राम्रो गरेवापत जिल्ला अस्पतालका सिनियर अनमि निरिक्षक गंगा बुढामगर, एआर टि वितरक प्रबेश भण्डारी, डाक्टर केशव भटराई, वयालपाटा अस्पतालका डाक्टर बिकास गौचन, जेआईजेटका उमा पाठक सम्मानित भएका छन । उहाँहरुलाई कार्यक्रमका प्रमुख अथिती क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक पर्शुराम श्रेष्ठ तथा जिल्ला स्वास्थ्य अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालले अभिनन्दन सहित सम्मान पत्र प्रदान गरेका थिए । यस्तै जिल्लाको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन सहयोग गर्ने गैरसरकारी सस्था र सुचना, समाचार र सन्देश प्रशारण योगदान गर्ने जिल्ला स्थित छापा तथा इलेक्टोनिक सबै सञ्चार माध्यमलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट