पढ्न करिब 2 मिनेट लाग्छ

साउन २५, अछाम । जिल्ला प्रशासन कार्यालय अछामले बिभिन्न स्थानीय तहमा सञ्चालन गरेको घुम्ति शिविरमा करिब ११ सय जनाले नागरिकता बनाएका छन ।

१० स्थाीय तह रहेकोमा ३ तहमा शिविर सम्पन्न भईसक्दा एक हजार एक सय ६ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ शंकर बहादुर बिष्टले जाँनकारी दिए ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार रामारोशन गाँउपालिका, कमलबजार नगरपालिका र साँफेबगर नगरपालिकामा घुम्ति शिविर मार्फत नागरिकता बितरण कार्य सम्पन्न भईसेको छ भने तुर्माखाँद गाँउपालिका र चौरपाटी गाँउपालिकामा मंगलवार वाट शिविर सुरु भएको छ ।

रामारोशन, कमलबजार र साँफेबगरमा गरि जम्मा एक हजार सय ६ जनाले नागरिकता लिएको प्रजिअ बिष्टले बताए । अहिलेसम्म साँफेबगर नगरपालिकामा ५ सय ८४, कमलबजार नगरपालिकामा २ सय ९२, रामारोशन गाँउपालिकामा एक सय ९८ जनाले नागरिकता लिएको जनाईएको छ ।

यस्तै चौरपाटीमा जारी शिविरमा पहिलो दिन मंगलवार ३२ जनालाई नागरिकताको प्रमाणपत्र बितरण गरिएको प्रजिअ बिष्टले बताए । सदरमुकाम रहेको मंगलसेन नगरपालिका बाहेक सबै १० वटै तहमा २÷२ दिनको प्याकेज सहित घुम्ति शिविर सञ्चालन गरिएको प्रजिअ बिष्टको भनाई छ ।

प्रदेश र संघिय निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलिमा नाम दर्ता गराँउने कार्य सुरु गरेपछि नागरिकता लिनेहरुको संख्या समेत बढेका कारण स्थानीयको मागका आधारमा जिल्लाका बिभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरि नागरिकता बितरण कार्य गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले क्षेत्र नम्वर १ का स्थानीय तहमा सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा र क्षेत्र नम्वर २ का स्थानीय तहमा ईलाका प्रशासन कार्यालय बिनायकका कामु प्रमुख तुलसीप्रसाद ढुंगानाको नेतृत्वमा टोलि खटाएको छ ।

रामारोशन गाँउपालिकामा हस्तलिखित नागरिकताको प्रमाणपत्र बितरण गरिएकोमा साँफेबगर नगरपालिकामा भने कम्प्यूटरवाट प्रिन्ट गरेर नागरिकता बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले जाँनकारी दिएका छन । घुम्ति शिविरमा नागरिकता लिनका लागि स्थानीयको निकै चाप हुने गरेको उनको भनाई रहेको छ ।