२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मँगला नेरा उच्च मावि ओलिगाउ ३ बर्षे डिप्लोमा ईञ्जीनियरिगँ कक्षा सञ्चालनका लागि अनुमति पाउन सफल

५ आश्विन २०७२, मंगलवार १६:२५

कमल रावल/ असोज ५ अछाम । अछामको मँगला नेरा उच्च मावि ओलिगाउले डिप्लोमा ईञ्जीनियरिगँ कक्षा सञ्चालनका लागि अनुमति पाउन सफल भएको छ । ३ बर्षे कोष अन्तर्गत सिटिअिभिटिले हालै सार्वजनिक गरेको सुचना अनुसार ओलिगाउ अनुमति पाउन सफल भएको हो । डिप्लोमा कोर्ष सञ्चालनका लागि गरिएको सबै अनुगमन पछि देशभरका ८ वटा विद्यालय मध्ये ओलिगाउ पनि परेको हो । असोज ३ गते सिटिअिभिटिको कन्द्रिय बैठक अनुसार ओलिगाउ छानिएकाले अबको एक हप्ता भित्रै बोर्डको बैठक गरि विद्यालयलाई कक्षा सञ्चालनका लागि परिपत्र गरिने सिटिअिभिटिका टेक्नीकल निर्देशक दोबरलाल सिलाकरले बताउनु भयो ।

12032940_669645083177653_4975675356267262864_n

मगला नेरा उच्च मावि सहित सुदुरपश्चिममा वैतडी, दार्चुला र कञ्चनपुरमा समेत एक एक विद्यालयले छनोट भएको उहाँले बताउनु भयो । सिटिअिभिटि अन्तर्गतका विद्यालयमा कृषि तिर ४० जना र डिप्लोमा कक्षाका लागि ४८ जना विद्यार्थि मात्र भर्ना लिन सकिने ब्याबस्था भएको उहाले जानकारी दिनु भयो । यसरी ओलिगाउले अनु्मति पाएपछि बाहीर गएर महगो पैसा तिरी पढनु पर्ने अछाम युवाको झन्झट हटेको छ । यसअघि यताका विद्यार्थिले लाखौँ पैसा खर्च गएर बाहीर गएर पढनु पर्ने बाध्यता रहि आएको थियो । यता ओलिगाउमा डिप्लोमा कक्षा सञ्चालनका लागि अनुमति आएपछि सबै खुशि भएका छन । आफुहरुको अथक प्रयास पछि ओलिगाउमा डिप्लोमा कक्षा आएकाले यसले अब जिल्लामा गरिखाने शिक्ष्ााँ सुरु हुने ओलिगाउका समाजसेवि तथा नेपाल राष्टिय शक्षक सँगठन अछामका अध्यक्ष नर बहादुर रावलले बताउनु भयो ।

२०६७ सालमा गरिएको महायज्ञको मुख्य उद्देश्य ओलिगाउमा प्राविधिक शिक्षा ल्याउनु भएकाले बल्ल आफहरुको सपना साकार भएको उहाँले बताउनु भयो । यो सम्बन्धन प्राप्त गरेर मात्र नई यसलाई ब्यावस्थित रुपमा चलाउनु आफुहरुको मुख्य चुनौती रहेको उहाले बताउनु भयो । ३ बर्ष अघि कक्षा ९ वाटै लागु हुने गरि सिभिलईञ्जीनियरिगँ कक्षा लागु भएकाले अब उच्च शिक्ष्ााँ हासिल गर्नका लागि सबै अछामिका छोराका लागि खुशिको कुरा भएको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । अब केहि दिनमै आफनो विद्यालयलाई भर्नाका लागि पत्र प्राप्त भएपछि सुरु गर्ने र एक भब्य कार्यक्रमका बिच कक्षा उदघाटन समेत गर्ने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की