साउन २५, पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माछापुछ्रे गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण

२५ श्रावण २०७४, बुधबार ११:५१


साउन २५, पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी आज घटनास्थलमै पुगी जिल्ला प्रशासन कार्यालयका तर्फबाट हरेक बाढीपीडित परिवारलाई रु १५ हजार नगद, त्रिपाल र कम्बल वितरण गर्नुभएको हो । 

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति वामदेव ढुंगानाले संस्थाको तर्फबाट ५० केजी चामल, कम्बल, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामान वितरण गर्नुभयो । 

सो गाउँमा बाढीबाट अन्दाजी रु दुई करोड ८२ लाख ४५ हजारभन्दा बढीको धनमाल क्षति भएको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक बिलबहादुर थापाले जानकारी दिनुभयो । 

यस्तै, बाढीले हुम्दी खहरे खोलाको मोटरेबल पुल र कल्भर्ट पुल, बिजुलीको खम्बा, ट्रान्सफर्मर बगाउँदा रु ७६ लाख बराबरको सरकारी क्षति भएको छ । बाढीले विद्युत्को ट्रान्सफर्मर र खम्बा बगाउँदा गएरातिदेखि नै गाउँ अन्धकार बनेको छ । 

बाढीले एक गाई, चार बाख्रा र ५२५ भन्दाबढी कुखुरा पनि पुरेको छ । माथिबाट पहिरो आउँदै छ भन्ने सूचना पाएपछि घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति भने हुन पाएन । 

बाढीपीडित अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । भीषण वर्षासँगै हुम्दी खहरे खोला गाउँमा पसेको थियो । बाढीले घरमा राखेको अन्नपात, लत्ताकपडा र खेतबारीमा लगाएको धानबाली सबै नष्ट भएको प्रहरी सहायक निरीक्षक थापाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते