पोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सिद्धवराह माविको चमेना गृह सिलन्यास

२६ श्रावण २०७४, बिहीबार ०५:२९

पोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद्यालयका संरक्षक, पूर्वअध्यक्ष तथा पूर्व प्रधानाध्यापकहरुद्धारा संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।

विद्यालयका संरक्षक एवं शिक्षाप्रेमी रामप्रसाद तिमिल्सीना, पूर्वअध्यक्षहरु भेषराज पराजुली, भुवानीप्रसाद अधिकारी, दामवहादुर विक, पूर्व प्र.अ ठाकुरप्रसाद पराजुलीले सिलन्यास गरेको प्रधानाध्यापक वद्रीनाथ पराजुलीले जानकारी दिए । चमेना गृह निर्माणका लागि करिव २६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको ईन्जिनियर राजन गौतमले जानकारी दिए । अहिलेसम्म करिव साढे ७ लाख रुपैयाँ उठेको र थप रकम उठाउने कार्य भैरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक एवं शिक्षाप्रेमी रामप्रसाद तिमिल्सीना, पूर्वअध्यक्षहरु भेषराज पराजुली, भुवानीप्रसाद अधिकारी, दामवहादुर विक, पूर्व प्रअ ठाकुरप्रसाद पराजुली, प्रधानाध्यापक वद्रीनाथ पराजुली, वडा सदस्य भरतराज भण्डारी, नेकपा एमालेका अध्यक्ष चेतवहादुर क्षेत्री, भूतपूर्व विद्यार्थीहरु प्रेमप्रसाद पराजुली, भानु पराजुली, सूर्य भण्डारी, सन्दीप पराजुली लगायतले चमेना गृहको आवश्यकताका बारेमा प्रस्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु