Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिद्धवराह माविको चमेना गृह सिलन्यास

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p style="margin-bottom: 1em; color: rgb(128, 128, 128); font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 14px;">पोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद्यालयका संरक्षक, पूर्वअध्यक्ष तथा पूर्व प्रधानाध्यापकहरुद्धारा संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।</p><p style="margin-bottom: 1em; color: rgb(128, 128, 128); font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 14px;">विद्यालयका संरक्षक एवं शिक्षाप्रेमी रामप्रसाद तिमिल्सीना, पूर्वअध्यक्षहरु भेषराज पराजुली, भुवानीप्रसाद अधिकारी, दामवहादुर विक, पूर्व प्र.अ ठाकुरप्रसाद पराजुलीले सिलन्यास गरेको प्रधानाध्यापक वद्रीनाथ पराजुलीले जानकारी दिए । चमेना गृह निर्माणका लागि करिव २६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको ईन्जिनियर राजन गौतमले जानकारी दिए । अहिलेसम्म करिव साढे ७ लाख रुपैयाँ उठेको र थप रकम उठाउने कार्य भैरहेको छ ।</p><p style="margin-bottom: 1em; color: rgb(128, 128, 128); font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 14px;">विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक एवं शिक्षाप्रेमी रामप्रसाद तिमिल्सीना, पूर्वअध्यक्षहरु भेषराज पराजुली, भुवानीप्रसाद अधिकारी, दामवहादुर विक, पूर्व प्रअ ठाकुरप्रसाद पराजुली, प्रधानाध्यापक वद्रीनाथ पराजुली, वडा सदस्य भरतराज भण्डारी, नेकपा एमालेका अध्यक्ष चेतवहादुर क्षेत्री, भूतपूर्व विद्यार्थीहरु प्रेमप्रसाद पराजुली, भानु पराजुली, सूर्य भण्डारी, सन्दीप पराजुली लगायतले चमेना गृहको आवश्यकताका बारेमा प्रस्ट पारेका थिए ।</p>