2026-07-10 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित

काठमाडौँ | जुम्लाको तीला गाउँपालिकामा सञ्चालित चारदिने विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा २६१ जनाको स्वास्थ्य जाँच गरिएको छ । त्यस्तै वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा ५०४ जनाले सेवा लिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ उत्तम देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सक्रिय सहभागितामा सञ्चालित तिला गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट विशेषगरी स्त्रीरोग, हाड तथा नसा रोग र सामान्य चिकित्सासम्बन्धी सेवा उपलब्ध गराइएको छ । तिला–७ का जयबहादुर बुढाले पालिकाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीयले अपेक्षा गरेभन्दा बढी राहत पाएको बताउँदै यस किसिमका शिविर नियमित रुपमा आयोजना गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले स्थानीय जनताको माग र सुझावबमोजिम निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने पक्षमा पालिका रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो