२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यस नेपालको साफेबगरको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

९ आश्विन २०७२, शनिबार १३:१५

कमल रावल । असोज ९, अछाम । सशक्तिकरणका क्षेत्रमा युवाहरु यस नेपालको साफेबगरको १६ औँ वार्षिक साधारण सभा अछामको दुनि गाबिसमा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष तेजराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा दुनि तथा मार्कु गाबिसका सचिव खगेन्द्र बहादुर खडका प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती खडकाले सधैँ जिल्ला, केन्द्र र ठुला ठुला होटेलमा हुने साधारण सभा कार्यक्षेत्रकै गाबिसमा आएर गरेकोमा सस्थालाई धन्यवाद ब्यक्त गर्नु भएको छ । अब आगामि दिनमा जिल्ला स्थित सबै सघ सस्थाहरुले जिल्लामा साधारण सभा गर्नु भन्दा कार्यक्षेत्रका गाबिसमा नै गर्नु पर्नेमा जोड दिनु भएको थियो । जसका लागि सस्थाले काम गरेको हो उनिहरुले प्रत्यक्ष रुपमा सोही ठाउका जनताले जानकारी पाउन भएकाले यसको सिको गर्नु पर्ने भनाई राख्नु भयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य राम बहादुर आउजी विशिष्ट अथिती रहनु भएको कार्यक्रमा नेपालि काग्रेसका चक्र बहादुर बोगटी, एमालेका मने साउद, एमाओवादिका दिर्घ साउद, लिक हेल्भेटासका कृतिनाथ पन्त, दुनि स्वास्थ्य चौकी ईञ्चार्ज लोकराज बराल, रेडियो रामारोशनका विक्रम परियार, वाक नेपालका हिक्मत कुवर, नुड्स अछामका सुरत खडका, देविमाण्डौँ माविका अध्यक्ष देब बहादुर साउद, गाबिस प्रतिनिधि भानसिह साउद, यस नेपालका कार्यकारी निर्देशक जय बहादुर महरा लगाएतले मन्तव्य राख्नु भएको थियो । सस्थाको २०७१।७२ को १९ लाख ४१ हजार ४ सय २४ बराबरको आयव्याय र २०७२।७३ का लागि प्रस्तावित अनुमानित २ करोड ९१ लाख ३४ हजार ७ सय ५३ बराबरको आयव्याय सस्थाका कोषाध्यक्ष भरत रावलले प्रस्तुत गर्नु भएको थियो भने प्रगति प्रतिबेदन सचिव टिका क्षेत्रिले प्रस्तुत गर्नु भएको थियो । मनविर नेपालिका स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन चन्द्रकला बटालाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ