युवाकाे परिभाषा नेपालकाे सन्दर्भमा कता-कता उल्टाे बङ्गयाईकाे छ । उमेर समुह अनुसार १६-४० वर्ष सम्मका उत्पादनशील उमेर समुहका नवजवान कर्मशिल ब्यक्तिहरुकाे समूह युवा हाे ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवाकाे परिभाषा नेपालकाे सन्दर्भमा कता-कता उल्टाे बङ्गयाईकाे छ । उमेर समुह अनुसार १६-४० वर्ष सम्मका उत्पादनशील उमेर समुहका नवजवान कर्मशिल ब्यक्तिहरुकाे समूह युवा हाे ।&"/>
२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

युवाकाे अवस्था र अाजकाे अावश्यकता

२७ श्रावण २०७४, शुक्रबार ०४:०३

युवाकाे परिभाषा नेपालकाे सन्दर्भमा कता-कता उल्टाे बङ्गयाईकाे छ । उमेर समुह अनुसार १६-४० वर्ष सम्मका उत्पादनशील उमेर समुहका नवजवान कर्मशिल ब्यक्तिहरुकाे समूह युवा हाे । 

जाेसिला, तेजिला र परिअाए पहाडै थेग्ने साहस भएका  एक सशक्त र उर्जाशिल समूह हाे । हाे, यहि समुहले नै देशकाे उन्नति र प्रगति गर्न सक्छ,राष्ट्रिय अायमा वृद्धि गर्न सक्छ, देशलाई  सुन्दर, शान्त सम्वृद्द र समुन्नत बनाउन सक्छ । 

तर विडम्बना नेपालकाे परिपेक्ष्यमा त्यस्ताे हुन सकेकाे छैन । देशकाे कुल जनसंख्यामा अाधाभन्दा बढि जनसंख्या त्यस्ता नवजवान युवा छन तर युवाकाे सहि ब्यवस्थापन र सदुपयोग गरिएकाे छैन अथवा गर्न खाेजिएकाे छैन । अहिलेका यी अाधाभन्दा बढि नवजवान युवाकाे सहि सदुपयोग  गर्न सकिएन भने अबकाे बाईस वर्षपछि याे उमेर समूह, अाश्रित उमेर समुहमा रुपान्तरण  हुनेछ।

नेपाली युवाकाे अवस्था:

नेपाली दक्ष वा अदक्ष  युवाकाे अाजकाे अवस्था एक कठिन र दयनिय अवस्थामा गुज्रिरहेकाे छ । याे विश्व मानचित्रमा विश्वब्यापिकरणकाे रुपमा विश्वका युवामाझ अाफ्नाे क्षमता र सिपलाई प्रतिस्पर्धा  गर्नु परेकाे छ । विश्वका युवासंग प्रतिस्पर्धा गर्न नसकेकै कारण सीप र क्षमता विना नै खाडि मुलुकमा पचास डिग्रि भन्दा बढिकाे तापक्रममा पसिना चुहाएर श्रम बेच्न बाध्य छाै । हामी नेपाली युवा गरिबी र बेराेजगारकाे कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिनकाे पन्ध्र साेह्र सयकाे लाइन हुनेगर्छ ।

श्रम बेच्न जाने युवाकाे भने त्यहि बिमानस्थलमा राताेबाकसमा लासकाे रूपमा प्रत्येक दिन दुई देखि चार जना युवा फर्केका हुन्छन् भने, अर्कातिर राजनिति अस्थिरता गर्दा वितृष्णा र फरेष्टेसण बनाएकाे छ।

राजनितिक दलले अावश्यकता अनुसार राजनितिक अान्दाेलनमा मात्र प्रयाेग गर्ने गरेका छन् याने कि चुइगम जस्तो बनाएका छन ।

गाउँबस्तिका युवाले दु:खजिलाे गरेर पढेपनि जागिर खान भन्सुन र अाफ्ना मान्छे चाहिने अर्थात नाताबाद र कृपाबाद र परिवारबादले गाँजेको छ यस्ता पहुँचमा नहुने युवा अवसरबाट  बन्चित भएका छन् । देश सुहाउदाेँ, माटाे सुहाउँदो राज्यले युवाहरुलाइ ज्ञान र शिक्षा दिन सकेकाे छैन,दिएकाे शिक्षाकाे पनि अवमुल्यन गरिएकाे छ । एउटा कृषकले बर्षभरि खेति गरेर प्राप्त फललाई बजार लगेर बेच्न पाउँछ,एउटी महिलाले लगाएकाे गहना साहुकाेमा धिताे राखेर अाफनाे अावश्यकता पूरा गर्न सक्छिन,एउटा ब्यक्तिले कमाएकाे पैसाले जग्गा किनेर त्यहि जग्गा बैङ्क धिताे राखेर अरु पेसा ब्यबसाय गर्न सक्छ तर एउटा युवाले ब्याचलर गर्छ, मास्टर गर्छ तर उसकाे सटिफिकेट काैडिकाे मूल्य पनि हुदैन । सटिफिकेट बाेकेर जागिरकाे लागि गल्लि गल्लि चाहार्नुपर्छ कि त राज्यले दिएकाे शैक्षिक प्रमाणपत्र बाकसमा थन्काएर हुने युवा विद्यार्थी युराेप, अमेरिका, अष्ट्रेलिया र नहुने खाडि राष्ट्रमा श्रम बेचेर उर्वर उमेर विताउनु परेकाे छ । यस्ता अनेकन समस्याको कारण काेही लागुपदार्थ सेवन गरि कुलतमा फसेर अाफ्नाे उर्बर उमेर बिताएका छन। 

शिक्षा: नेपाली युवा विद्यार्थी लाई भारत अमेरिका र अरु बाहिरका  वैज्ञानिकले प्रतिपादन गरिएका सिद्धान्तहरु घाेकाइएकाे छ । त्याे सिद्धान्त त तत्कालिन रुपमा उनिहरुकाे देशअनुसार समय सापेक्ष थियाे हाेला तर खै हाम्राे नेपाली  समाज अनुसार पाठ्यक्रम र पठनपाठन हुनसकेकाे छैन । जसले गर्दा न अन्तर्राष्ट्रिय रुपमा सबै युवा प्रतिस्पर्धा गर्न सक्षम छन । न नेपालकाे समाज र माटाे र हावापानि सुहाउँदो  दक्ष  युवा जनशक्ति  उत्पादन भएका छन ।

अाजकाे अावश्यकता :

नेपाली युवालाई  देश सुहाउदाे अावश्यक्ता अनुसारको  अाधुनिक शिक्षा अनुसार प्राविधिक शिक्षा, ज्ञान, सीप, क्षमतामा प्रदान गरि नेपालकाे बिकासमा गतिशिल र प्रयाेग गर्नु अाजकाे प्रमुख अावश्यक्ता हाे । नेपालमा प्रशस्त प्राकृतिक स्राेत र साधनलाई युवा मानविय दक्ष साधन मार्फत  प्रयाेग गर्न सकियाे भने नेपालकाे बिकाशकाे बाटाे कति पनि टाढा छैन।

राजनीतिक दलले अाफ्ना युवा कार्यकर्तालाई राजनितिकरुपमा प्रशिक्षित मात्र नगराइ अार्थिक उपार्जनकाे लागि पनि प्रशिक्षण गर्नु गराउनुपर्छ । युवा अालाकाँचा मुढे र जिद्दिवाला हुन्छन् भन्ने साेच र दृष्टिकाेणमा परिवर्तन हुनुपर्छ । देश विकाशकाे लागि नव युवा जाेस, जाँगर, सीप र सक्षमताकाे अाजकाे सन्दर्भमा अत्यन्तै अावश्यक छ।

अन्त्यमा:

युवा चुइगम जस्तै गुलियाे छँदासम्म संवाद लिने र गुलियाे हराउदै गएपछि चपाएर फालिने बस्तु मात्र हाेइन । युवा राजनीतिक, सामाजिक, अार्थिक बिकासका एक हिस्सेदार पनि हुन् ।

- असीम कार्की (दिलबहादुर), दाेलखा ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे