युवाकाे परिभाषा नेपालकाे सन्दर्भमा कता-कता उल्टाे बङ्गयाईकाे छ । उमेर समुह अनुसार १६-४० वर्ष सम्मका उत्पादनशील उमेर समुहका नवजवान कर्मशिल ब्यक्तिहरुकाे समूह युवा हाे ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवाकाे परिभाषा नेपालकाे सन्दर्भमा कता-कता उल्टाे बङ्गयाईकाे छ । उमेर समुह अनुसार १६-४० वर्ष सम्मका उत्पादनशील उमेर समुहका नवजवान कर्मशिल ब्यक्तिहरुकाे समूह युवा हाे ।&"/>
2026-10-17 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

युवाकाे अवस्था र अाजकाे अावश्यकता

युवाकाे परिभाषा नेपालकाे सन्दर्भमा कता-कता उल्टाे बङ्गयाईकाे छ । उमेर समुह अनुसार १६-४० वर्ष सम्मका उत्पादनशील उमेर समुहका नवजवान कर्मशिल ब्यक्तिहरुकाे समूह युवा हाे । 

जाेसिला, तेजिला र परिअाए पहाडै थेग्ने साहस भएका  एक सशक्त र उर्जाशिल समूह हाे । हाे, यहि समुहले नै देशकाे उन्नति र प्रगति गर्न सक्छ,राष्ट्रिय अायमा वृद्धि गर्न सक्छ, देशलाई  सुन्दर, शान्त सम्वृद्द र समुन्नत बनाउन सक्छ । 

तर विडम्बना नेपालकाे परिपेक्ष्यमा त्यस्ताे हुन सकेकाे छैन । देशकाे कुल जनसंख्यामा अाधाभन्दा बढि जनसंख्या त्यस्ता नवजवान युवा छन तर युवाकाे सहि ब्यवस्थापन र सदुपयोग गरिएकाे छैन अथवा गर्न खाेजिएकाे छैन । अहिलेका यी अाधाभन्दा बढि नवजवान युवाकाे सहि सदुपयोग  गर्न सकिएन भने अबकाे बाईस वर्षपछि याे उमेर समूह, अाश्रित उमेर समुहमा रुपान्तरण  हुनेछ।

नेपाली युवाकाे अवस्था:

नेपाली दक्ष वा अदक्ष  युवाकाे अाजकाे अवस्था एक कठिन र दयनिय अवस्थामा गुज्रिरहेकाे छ । याे विश्व मानचित्रमा विश्वब्यापिकरणकाे रुपमा विश्वका युवामाझ अाफ्नाे क्षमता र सिपलाई प्रतिस्पर्धा  गर्नु परेकाे छ । विश्वका युवासंग प्रतिस्पर्धा गर्न नसकेकै कारण सीप र क्षमता विना नै खाडि मुलुकमा पचास डिग्रि भन्दा बढिकाे तापक्रममा पसिना चुहाएर श्रम बेच्न बाध्य छाै । हामी नेपाली युवा गरिबी र बेराेजगारकाे कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिनकाे पन्ध्र साेह्र सयकाे लाइन हुनेगर्छ ।

श्रम बेच्न जाने युवाकाे भने त्यहि बिमानस्थलमा राताेबाकसमा लासकाे रूपमा प्रत्येक दिन दुई देखि चार जना युवा फर्केका हुन्छन् भने, अर्कातिर राजनिति अस्थिरता गर्दा वितृष्णा र फरेष्टेसण बनाएकाे छ।

राजनितिक दलले अावश्यकता अनुसार राजनितिक अान्दाेलनमा मात्र प्रयाेग गर्ने गरेका छन् याने कि चुइगम जस्तो बनाएका छन ।

गाउँबस्तिका युवाले दु:खजिलाे गरेर पढेपनि जागिर खान भन्सुन र अाफ्ना मान्छे चाहिने अर्थात नाताबाद र कृपाबाद र परिवारबादले गाँजेको छ यस्ता पहुँचमा नहुने युवा अवसरबाट  बन्चित भएका छन् । देश सुहाउदाेँ, माटाे सुहाउँदो राज्यले युवाहरुलाइ ज्ञान र शिक्षा दिन सकेकाे छैन,दिएकाे शिक्षाकाे पनि अवमुल्यन गरिएकाे छ । एउटा कृषकले बर्षभरि खेति गरेर प्राप्त फललाई बजार लगेर बेच्न पाउँछ,एउटी महिलाले लगाएकाे गहना साहुकाेमा धिताे राखेर अाफनाे अावश्यकता पूरा गर्न सक्छिन,एउटा ब्यक्तिले कमाएकाे पैसाले जग्गा किनेर त्यहि जग्गा बैङ्क धिताे राखेर अरु पेसा ब्यबसाय गर्न सक्छ तर एउटा युवाले ब्याचलर गर्छ, मास्टर गर्छ तर उसकाे सटिफिकेट काैडिकाे मूल्य पनि हुदैन । सटिफिकेट बाेकेर जागिरकाे लागि गल्लि गल्लि चाहार्नुपर्छ कि त राज्यले दिएकाे शैक्षिक प्रमाणपत्र बाकसमा थन्काएर हुने युवा विद्यार्थी युराेप, अमेरिका, अष्ट्रेलिया र नहुने खाडि राष्ट्रमा श्रम बेचेर उर्वर उमेर विताउनु परेकाे छ । यस्ता अनेकन समस्याको कारण काेही लागुपदार्थ सेवन गरि कुलतमा फसेर अाफ्नाे उर्बर उमेर बिताएका छन। 

शिक्षा: नेपाली युवा विद्यार्थी लाई भारत अमेरिका र अरु बाहिरका  वैज्ञानिकले प्रतिपादन गरिएका सिद्धान्तहरु घाेकाइएकाे छ । त्याे सिद्धान्त त तत्कालिन रुपमा उनिहरुकाे देशअनुसार समय सापेक्ष थियाे हाेला तर खै हाम्राे नेपाली  समाज अनुसार पाठ्यक्रम र पठनपाठन हुनसकेकाे छैन । जसले गर्दा न अन्तर्राष्ट्रिय रुपमा सबै युवा प्रतिस्पर्धा गर्न सक्षम छन । न नेपालकाे समाज र माटाे र हावापानि सुहाउँदो  दक्ष  युवा जनशक्ति  उत्पादन भएका छन ।

अाजकाे अावश्यकता :

नेपाली युवालाई  देश सुहाउदाे अावश्यक्ता अनुसारको  अाधुनिक शिक्षा अनुसार प्राविधिक शिक्षा, ज्ञान, सीप, क्षमतामा प्रदान गरि नेपालकाे बिकासमा गतिशिल र प्रयाेग गर्नु अाजकाे प्रमुख अावश्यक्ता हाे । नेपालमा प्रशस्त प्राकृतिक स्राेत र साधनलाई युवा मानविय दक्ष साधन मार्फत  प्रयाेग गर्न सकियाे भने नेपालकाे बिकाशकाे बाटाे कति पनि टाढा छैन।

राजनीतिक दलले अाफ्ना युवा कार्यकर्तालाई राजनितिकरुपमा प्रशिक्षित मात्र नगराइ अार्थिक उपार्जनकाे लागि पनि प्रशिक्षण गर्नु गराउनुपर्छ । युवा अालाकाँचा मुढे र जिद्दिवाला हुन्छन् भन्ने साेच र दृष्टिकाेणमा परिवर्तन हुनुपर्छ । देश विकाशकाे लागि नव युवा जाेस, जाँगर, सीप र सक्षमताकाे अाजकाे सन्दर्भमा अत्यन्तै अावश्यक छ।

अन्त्यमा:

युवा चुइगम जस्तै गुलियाे छँदासम्म संवाद लिने र गुलियाे हराउदै गएपछि चपाएर फालिने बस्तु मात्र हाेइन । युवा राजनीतिक, सामाजिक, अार्थिक बिकासका एक हिस्सेदार पनि हुन् ।

– असीम कार्की (दिलबहादुर), दाेलखा ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु