असोज १४, अछाम । भारतको नाकाबन्दीका कारण इन्धनको आपूर्ति ठप्प भएपछि तेलको अभावका कारण बुधबार डडेल्धुरामा पेट्रोल पम्पहरुमा तेल भर्नेको लाइन लागेको छ ।
जिल्ला सदरमुकाममा रहेका २ वटै पेट्रोल पम्पहरुमा सवारि साधनको लाइन लागेको छ । केही दिन यता इन्धनको आपूर्ति ठप्प हुँदा समस्या थपिँदै गएको छ । पेट्रोलियम पदार्थको असहज आपूर्तीसँगै स्थानीय प्रशासनले सवारी साधनमा हिजो देखि जोर बिजोर प्रणाली लागु गरेपछि यस क्षेत्रका सडकमा सवारी साधनको चाप घटेको छ ।