२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कामै नगर्ने कतिपय गैरसरकारी सँस्थाहरु कागजपत्र लिन आउँछन् : प्रजिअ सुवेदि

१८ आश्विन २०७२, सोमबार १३:३२

कमल रावल । असोज १८, अछाम । कृषि, स्वास्थ्य र वैकल्पिक जिविकोपार्जन प्रबद्र्धन कार्यक्रमको अछाममा औपचारिक रुपमा सुभारम्भ गरिएको छ । अछामका स्थानिय बिकास अधिकारी हेमराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यम प्रसाद सुवेदि प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती सुवेदिले जिल्लामा जुन लक्ष्य उद्देश्य प्राप्त गर्नका लागि सँघ सँस्थाहरु भित्रिन्छन त्यही अनुसार अघि बढनु पर्ने बताउनु भयो । अछाममा समग्र सबै पक्षका सुझाव, सल्लाहलाई आत्म साथ गर्दै गम्भीर तापुर्वक सँस्थाले लिन सके मात्र उपलब्धि हासिल हुन सक्ने बताउनु भयो । अछाममा कतिपय गैरसरकारी सस्थाले कागजि रुपमा मात्र काम गर्ने गरेको भनाई राख्नु भयो । जिल्लामा कामै नगरी जिल्ला प्रशासन कार्यालयमा काम गरेको सिफारिस लिन बढी आउने गरेको बताउनु भयो । जतिपनि गैरसरकारी सस्थाले बजेट खर्च भन्दा पनि जसका लागि कार्यक्रम ल्याईएको हो त्यो क्षेत्र सम्मपुग्नु पर्ने भनाई राख्नु भएको थियो । अछाम जिल्लाका १२ गाबिसको कृषि, स्वास्थ्य र बैकल्पिक जिविको पार्जनको प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम लागु हुने भएको छ । कार्यक्रम दाहोरो नपर्ने गरि अछामका विकट क्षेत्रका १२ गाबिसमा छनोट गरिएको कार्यक्रम अधिकृत केशब पोखरेलले बताउनु भयो । तत्काल जिल्लाका पायल, मार्कु, देबिस्थान, पातलकोट, दुनि र लुग्रागरि ६ गाबिसमा सुरु हुनउहाँले बताउनु भयो । बाकी ६ गाबिसमा पछि बढाउदै जाने बताउनु भयो । सो कार्यक्रममा लागि यु.एस.एआईडी अन्र्तगतको शान्तिका लागि खाद्य कार्यक्रमको आर्थिक सहयोग, मर्सिकोर नेपाल, आइ.डि.ई प्लान ईन्टरनेशनल नेपाल, फाईन्सटाईन सेन्टर, रिम्स नेपाल, एनट्याग, रुपान्तरण सप्रोसद्धारा सञ्चालित कार्यक्रमका लागि जिल्लामा ६ करोड, ६९ लाख, ६ हजार २ सय २० बजेट अछाममा भित्रिएको छ । अहिले कार्यक्रम मात्र लागु भएको र सञ्चालनका लागि जिल्लामा ३ गैरसरकारी सँस्था छनोट केहि दिनमै गरिने भएका छन ।

कार्यक्रममा सहभागि जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मि, निजि क्षेत्र र पहल कार्यक्रमका सहभागिले कार्यक्रम अछाममा लागु भएर मात्रनभई यसको लक्ष्यतथा उद्देश्य हासिल हुनु पर्नेमाजोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली