2026-10-13 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कामै नगर्ने कतिपय गैरसरकारी सँस्थाहरु कागजपत्र लिन आउँछन् : प्रजिअ सुवेदि

कमल रावल । असोज १८, अछाम । कृषि, स्वास्थ्य र वैकल्पिक जिविकोपार्जन प्रबद्र्धन कार्यक्रमको अछाममा औपचारिक रुपमा सुभारम्भ गरिएको छ । अछामका स्थानिय बिकास अधिकारी हेमराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यम प्रसाद सुवेदि प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती सुवेदिले जिल्लामा जुन लक्ष्य उद्देश्य प्राप्त गर्नका लागि सँघ सँस्थाहरु भित्रिन्छन त्यही अनुसार अघि बढनु पर्ने बताउनु भयो । अछाममा समग्र सबै पक्षका सुझाव, सल्लाहलाई आत्म साथ गर्दै गम्भीर तापुर्वक सँस्थाले लिन सके मात्र उपलब्धि हासिल हुन सक्ने बताउनु भयो । अछाममा कतिपय गैरसरकारी सस्थाले कागजि रुपमा मात्र काम गर्ने गरेको भनाई राख्नु भयो । जिल्लामा कामै नगरी जिल्ला प्रशासन कार्यालयमा काम गरेको सिफारिस लिन बढी आउने गरेको बताउनु भयो । जतिपनि गैरसरकारी सस्थाले बजेट खर्च भन्दा पनि जसका लागि कार्यक्रम ल्याईएको हो त्यो क्षेत्र सम्मपुग्नु पर्ने भनाई राख्नु भएको थियो । अछाम जिल्लाका १२ गाबिसको कृषि, स्वास्थ्य र बैकल्पिक जिविको पार्जनको प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम लागु हुने भएको छ । कार्यक्रम दाहोरो नपर्ने गरि अछामका विकट क्षेत्रका १२ गाबिसमा छनोट गरिएको कार्यक्रम अधिकृत केशब पोखरेलले बताउनु भयो । तत्काल जिल्लाका पायल, मार्कु, देबिस्थान, पातलकोट, दुनि र लुग्रागरि ६ गाबिसमा सुरु हुनउहाँले बताउनु भयो । बाकी ६ गाबिसमा पछि बढाउदै जाने बताउनु भयो । सो कार्यक्रममा लागि यु.एस.एआईडी अन्र्तगतको शान्तिका लागि खाद्य कार्यक्रमको आर्थिक सहयोग, मर्सिकोर नेपाल, आइ.डि.ई प्लान ईन्टरनेशनल नेपाल, फाईन्सटाईन सेन्टर, रिम्स नेपाल, एनट्याग, रुपान्तरण सप्रोसद्धारा सञ्चालित कार्यक्रमका लागि जिल्लामा ६ करोड, ६९ लाख, ६ हजार २ सय २० बजेट अछाममा भित्रिएको छ । अहिले कार्यक्रम मात्र लागु भएको र सञ्चालनका लागि जिल्लामा ३ गैरसरकारी सँस्था छनोट केहि दिनमै गरिने भएका छन ।

कार्यक्रममा सहभागि जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मि, निजि क्षेत्र र पहल कार्यक्रमका सहभागिले कार्यक्रम अछाममा लागु भएर मात्रनभई यसको लक्ष्यतथा उद्देश्य हासिल हुनु पर्नेमाजोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश