२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्राविधिक विषय पढाउनका लागि मगला नेरा उमावि अनुमति पाउन सफल

२१ आश्विन २०७२, बिहीबार ०२:१०

कमल रावल/अछाम २१, असोज । केहि दिन अघि प्राविधिक विषय पढाउन सिटिभिटि बाट सम्बन्धन पाउन सफल मँगला नेरा उच्च मावि ओलिगाउले उच्च माध्यामिक शिक्षा परिषदबाट अनुमति पाउन सफल भएको छ ।

achham news

प्राविधिक विषय लिई माध्यामिक तह उत्तीर्ण गरेका विद्यार्थीलाई पढाउन सरकारले गएको हप्ता मात्रै देशभरका ६२ ओटा उच्च माध्यामिक विद्यालयलाई छनौट गरिसकेपछि पुनह १५ दिनपछि विद्यालयको भौतिक, आर्थिक र दुर्गम क्षेत्रका विद्यार्थिको पिाडालाई हेरेर उच्च माध्यामिक शिक्षा परिषदले आज मात्र अनुमति दिएको काठमाण्डौँ रहेर विद्यालयलाई प्राबिधिक बनाउन पहल गरेका अनेरा स्वीयुका केन्द्रिय सचिवाल सदस्य भिम बहादुर रावलले बताउनु भयो ।

उच्च माध्यामिक शिक्षा परिषदका अनुसार कक्षा ९ देखि नै विद्यालयमा प्राबिधिक धारमा अध्ययनरत विद्यार्थिले उच्च मावि तहमा सस्तो तथा सुलभ खर्चमा अब पढन पाउने उहाँले बताउनु भयो । पहिले नै देशका ६२ विद्यालयले अनुमति पाईसके पनि आफुहरुको नियमति पहल पछि अनुमति पाएको बताईएको छ ।

अब गरिखाने शिक्षा हुनुपर्छ भन्ने २०६७ सालको ओलिगाउको हायज्ञको लक्ष्य रहेको थियो त्यो पुरा भएको रावलले बताउनु भयो । त्यसका लागि परिषदले कम्तीमा २० जना र बढीमा ४० जना मात्र पढाउन पाउने गरि अनुमति दिएको छ ।

२०७० साल बाट कक्षा ९ देखि नै लागु हुने गरि शिभिल ईञ्जीनियरिग कक्षा सञ्चालन गर्दै विद्यालयले ३ बर्षे डिप्लोमा ईञ्जीनियरिग कोर्षका लागि असोज ३ गते नै सिटिभिटि बाट अनुमति पाईसकेको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो ।

जसका लागि असोज २४ गते सम्म आबेदन फाराम लगिने र २८ गते परिक्षा हुने उहाँले बताउनु भयो । माध्यामिक तहमा सिभिल इन्जिनियरिङको पढाई हुँदै आएको मँगला नेरा उच्च माविमा ११ र १२ समेत त्यही विषयमा अध्यापन गरिने विद्यालय ब्यावस्थापन समिती अध्यक्ष मिन बहादुर रावलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता