2026-10-14 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कमल रावल/असोज २२, अछाम । अछाम जिल्लाको दर्ना गाविसमा आर्थीक वर्ष २०७१÷७२ मा विनियोजित बजेटको खर्च कार्यान्वन र प्रभावकारीताको अवस्थाको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाविस सचिब एंव अध्यक्ष भ्वान सिंह लुहारको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी राजनितिज्ञ तथा सरोकारवालाले जुन क्षेत्रमा विनियोजित भएको हो त्यसको सही सदुपयोगका लागी आफ्नो तर्फ बाट भुमिका निर्वाह गर्ने बताएका छन । गाविसका लक्षित वर्ग महिला, दलित, कृषि, बालबालिकाको क्षेत्रमा विनियोजित हुने रकमको सहि सदुपयोगका लागी समेत सबलेै भुमिका खेल्नु पर्ने बताएका छन ।

आगामी आर्थीक वर्ष २०७२।७३ मा राज्यको जुन निति नियम छ त्यही अनुसार रकम विनियोजन गर्ने र खर्च गराउने प्रतिवद्धता जनाएका छन । छलफलमा बोल्दै गाबिस सचिव एँव अध्यक्ष भ्वान सिँह लुहारले आफु नेपाल सरकारको कर्मचारी भएकाले विनियोजित रकमको सदुपयोग गर्ने जिम्मा स्वँयम गाबिसका राजनितिज्ञ तथा सरोकारवालाको भएको बताएका छन ।

यस अघि जुन विनियोजित गर्ने निति, नियम छ त्यही अनुसार बजेट विनियोजित दर्ना गाबिसबाट भएको बताएका छन । यस अघि २०७१।७२ मा भएका त्रुटिलाई आगामि गाउ परिषद २०७२।७३ मा सुधार्दै लैजाने प्रतिबद्धता जनाउनु भयो । महिला अगुवा निर्मला कडायतले महिलाको क्षेत्रमा आउने १० प्रतिशत रकम १ लाख ५९ हजार ७ सय ४२ रकम आफुले परिषल बाट पाएका भनाई राख्नु भयो ।

जसमा गाबिसमा महिलाको क्षेत्रको बृद्धि बिकासमा खर्च भएको पाईएको छ । सुनुवाई कायक्रममा दलित एकता मञ्चका अध्यक्ष केशर सिह विकले दलितको क्षेत्रमा प्राप्त २ लाख ३९ हजार ६ सय १३ रकम गाबिसलाई पुर्ण सरसफाई बनाउन र पिछडिएका दलित परिवारका ४५ जना बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको जानकारी गराउनु भयो ।

यस्तै गाउ वाल सँरक्षण समितीका सँयोजक गोकुल खडकाले राज्यको निति नियम अनुसार गाउ परिषदले वालवालिकाको क्षेत्रमा १५ प्रतिशत रकम विनियोजन गर्ने गरेको भनाई राख्नु भएको थियो । जुन यसपालिका गाबिसमा विभिन्न मावि, निमावि र प्राबि तहका गरिब, जेहेनदार वालवालिकालाई छात्र बृति र वालवालिकालाई प्रत्यक्ष फाईदा हुने कार्यक्रममा खर्च गरिएको बताउनु भयो ।

कृषि वन तथा वातावरण समितीका अध्यक्ष उदयराम रिमालले कृषि क्षेत्रको रकम अन्य कुनै ठाउमा नगएको जानकारी गराउनु भयो । जुन २ लाख ३९ हजार भन्दा बढी हुन आउने रकम कृषि क्षेत्रको बिकास हुने ठाउमा प्रयोग भएको जानकारी गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ कार्य समिती उज्जीर सिंह साउँद, एमाले पूर्व क्षेत्रिय समिती सदस्य धन बहादुर रावत, एमाओवादीका गाउँ कमिटी अध्यक्ष जगत थापाले गाउ परिषदमा आफु नै सहभागि हुने भएकाले लक्षित वर्गको रकम आगामि दिनमा उनिहरुको नाममा विनियोजित गर्न र खर्च गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

यसअघिका दिनमा सामान्य रुपमा गल्ती भएपनि आगामि दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता सहित निर्णयमा हस्ताक्षर गरेका छन । कार्यक्रममा विन्देवासिनी माविका प्रधानाध्यापक नयन बहादुर शाह, ऐश्वर्या माविका प्रधानाध्यापक कटक शाह, फियान नेपालका कार्यक्रम अधिकृत धु्रव सुनार लगाएतले सुझाव दिदै आगामी दिनमा आफ्नो लागी आएको बजेटको सही कार्यान्वन गर्न र गराउन सुझाव दिएका थिए ।

गाबिस बाट जुन क्षेत्रका कार्ययोजना बनेको त्यसै क्षेत्रमा गएको लिने निकाय कार्यान्वयनमा केहि पछि परेको बताएका थिए । आगामि दिनमा गाबिसको बजेट सहि रुपमा सदुपयोग गराउनुका लागि गाबिसका सबै निकायको ध्यान जान जरुरी रहेको भनाई राखेको थिए । दर्ना गाबिसमा आर्थिक बर्ष २०७१।७२ मा चाँलु र पँुजिगत गरी १७ लाख ७० हजार भन्दा बढी रकम विभिन्न क्षेत्रमा विनियोजित भएको पाईएको छ ।

फियान नेपाल। यूरोपियन यूनियन डान चर्च एड। दिगो कृषि विकास परियोजना र मालिका विकास संघको सहयोग, दर्ना गाविसको आयोजना तथा रेडियो रामारोशनको सहजिकरणमा भएको छलफल कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका केशव भुल र कमल रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश