युवालाई आव्हान : कविता 

सन्दर्भ : १७औं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवालाई आव्हान : कविता 

सन्दर्भ : १७औं "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

युवालाई आव्हान

२८ श्रावण २०७४, शनिबार १३:०२

युवालाई आव्हान : कविता 

सन्दर्भ : १७औं अन्तर्राष्ट्रिय युवा दिवस


– “कविगुरु” यज्ञप्रसाद सुवेदी
मेची र काली बीचका युवा युवती कति छौं ।
आँकडा लिँदा देशको संख्या आधि नै जति छौं ।।
हे ! युवा सारा धर्तिका तारा अम्मर भएर ।
यो देशलाई उत्थान गर्न भैरहू तयार ।।

युवक भानु युवती शशी प्रकाश छरिदेऊ ।
जोश र जाँगर समाल यहाँ उन्नती गरीदेऊ ।।
युवक बोले मधुरो स्वर देशले बोल्नेछ ।
युवाले सोधे देशले आफ्नो वेदना खोल्नेछ ।।

युवाले हेरे देशले आफ्नो नजर हेर्नेछ ।
युवाको साथ भेटियो भने काया नै फेर्नेछ ।।
युवाले चिम्ले देशले पनि चिम्लिन्छ नजर ।
एकता भइ अगाडि बढे नहुने के छ र ।।

युवक सारा सुतेछन् भने यो देश सुत्नेछ ।
जुरुक्क युवा उठेछन् भने यो देश उठ्नेछ ।।
युवक सारा लम्केर हिँडे यो देश लम्किन्छ ।
धतिका तारा चम्केछन् भने यो देश चम्किन्छ ।।

युवक जुटे यो देश पनि जुटेर जानेछ ।
युवक फुटे यो देश पनि फुटेर जानेछ ।।
गहमा आँशु मुटुमा गाँठो मलिनु मुहार ।
युवाकै बाटो हेर्दैछन् आमा कुरेर दुवार ।।

छोप्नुछ छाती मागेर टालो इज्जतै रहेन ।
जीवन भरी मागेरै बस्न मुटुले सहेन ।।
म कति बाँचु ढुङ्ग्रामा मोही आजीवन मागेर ।
दुःखको पर्दा च्यातन युवा अवत जागेर ।।

जुन जोगी आयो झलक्क हेर्छु दुबै कान चिरेको ।
जन्मेरै आउँदा मागेर खान त्यौ झोलि भिरेको ।।
मागेर खाने त्यो झोली खोसी च्यातेर फालिदेऊ ।
उन्नती मार्ग पहिल्याउ युवा चिराग बालिदेऊ ।।

भोकामा तिमी अन्न हौ युवा प्यासका पानी हौ ।
मुटुका तिमी धड्कन् हौ युवा आँखाका नानी हौ ।।
हावा र हुरी हुण्डरीसँग उडेर हुँदैन ।
काँतर रुन्छ संघर्षसङ्ग युवा त रुदैन ।।

विकृतिसँग जुधन युवा अरिङ्गाल बनेर ।
विश्वमा युवा चिनिनु पर्छ नेपाली भनेर ।।
जागन जाग युवक सारा कम्मर कसेर ।
रगत रातो बनाउ तातो हुँदैन बसेर ।।

शीतल देऊ तड्पेकालाई छहारी बनेर ।
अशक्तलाई आधार देऊ सशक्त बनेर ।।
देशको दीयो मलिनु भए तेल थप्न पर्नेभो ।
अस्तित्वलाई युवाले मिली संरक्षण गर्ने होे ।।

मेची र काली सबै नेपाली हिमाल तराई ।
छत्तीस वर्ण फूलबारी हाम्रो नठान पराई ।।
काँधमा काँध हातमा हात मिलाउ जुटेर ।
हँसिलो पार आमाको मुख जुरुक्क उठेर ।।
(स्रष्टा ‘कविगुरु’ यज्ञप्रसाद सुवदीको छैठौं कृति कल्पना सङ्ग्रह भाग ३ बाट साभार । बर्दियाली स्रष्टा सुवेदीका हालसम्म १३ वटा कृतिहरु प्रकाशित छन् । आजीवन साहित्य र समाजसेवामा समर्पित रहुनभएका सुवेदी २०७० कात्तिक १ गते स्वर्गवास हुनुभएको हो ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु