२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बागभिडिमा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने

२०७२, ६ कार्तिक शुक्रबार १२:३३

कमल रावल/कात्तिक ६, अछाम । अछाम जिल्लाको बागभिडिमा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कालिका क्लब साफेबगर नगरपालिका वडा नम्बर ३ बागभिडीको आयोजनामा पिपलतोला खेल मैदानमा कात्तिक १३ गते बाट पहिलो पटक ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जन कुवरको स्मृतिमा सृजना स्मृति कप २०७२ प्रथम जिल्ला स्तरिय प्रतियोगिता हुने क्लबका सँरक्षक प्रेम बहादुर कुवरले बताउनु भयो । टेनिश बलद्धारा खेलिने खेलमा प्रथम हुने टिमले नगद ३० हजार सहति कप, मेडल र प्रमाणपत्र हात पार्नेछन । यस अघि जिल्लामा ३० हजार राशिको नै क्रिकेट प्रतियोगिता जिल्लाको ओलिगाउमा नयाँ बर्षको अवसरमा बैशाखमा भएको थियो ।

आफनो क्षेत्रमा क्रिकेटका लागि केहि नयाँ आयाम दिनका लागि आफनो ब्यक्तिगत रुपमा भएपनि सहयोग गर्नका लागि क्रिकेट प्रतियोगिता पहिलो पटक गरिएको कप्तान नितेश कुवरले बताउनु भयो ।

आफनो श्रीमतीको बार्षिकी स्मृतिको अवसरमा बर्षेनि प्रतियोगिता लाई अब पुर्णता दिने उनले बताए । प्रतियोगितामा मुख्य मिडिया पार्टनरको रुपमा रेडियो रामारोशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ