३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न माग

२४ बैशाख २०८२, बुधबार १७:०६

काठमाडौँ | भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताउनुभयो । यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उहाँले माग गर्नुभयो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फजुल खर्च रोक्ने भनी राखिएकामा विगत वर्षमा पनि राखिएका यही कार्यक्रममा कति प्रगति भयो भन्ने समीक्षा गर्नुपर्ने सांसद बडूले बताउनुभयो । प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गराउने र प्रसारण लाइनको दूरी छोट्याउने नीति पनि बनाउन उहाँले सुझाव दिनुभयो ।

सांसद रेखा यादवले युवा रोजगार कार्यक्रम विगतदेखि नै आए पनि कार्यान्वयन हुन नसक्दा युवा विदेशिनु परेको, महिला घरेलु श्रमिकको अवस्थाका बारेमा नीति तथा कार्यक्रम नबोलेको बताउनुुुुभयो ।

सांसद लालप्रसाद साँवा लिम्बूले तीन हजार २०० मेगावाट विद्युत् उत्पादन हुनसक्ने भएकाले निजी क्षेत्रलाई सहभागी गराउने नीति राम्रो भएको बताउनुभयो । वैदेशिक रोजगारमा जाने युवालाई सस्तो, सहज र सुलभरुपमा पठाउनुपर्ने उहाँले बताउनुभयो । मलेसिया पठाउने बिचौलिया लागिपरेकाले त्यसलाई रोक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सांसद गङ्गा कार्कीले आर्थिक द्रुतगतिको कारक बनेको भ्रष्टाचार न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिनुपर्ने बताउनुभयो । तीन सयभन्दा धेरै सहकारी ठगीमा कति जनालाई कारबाही भयो भनी सरकारले समीक्षा गर्नुपर्नु उहाँको विचार थियो ।

सांसद रामकृष्ण यादवले वर्तमान सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिका सात बुँदा पनि नीति तथा कार्यक्रममा आउनुपर्ने बताउनुभयो । खेतबारीमा बाँदर, हात्तीलगायत जङ्गली जनावरले दुःख दिइरहेकाले त्यसबाट किसानलाई मुक्ति दिने कार्यक्रम आउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

हुलाकी राजमार्ग बजेट अभावले पूरा हुन नसकेकाले यसतर्फ ध्यान दिन पनि उहाँले अनुरोध गर्नुभयो । सोह्र वर्षदेखि सडक नबन्दा अस्तव्यस्त भएर नागरिकले दुःख पाएको उहाँले
बताउनुभयो । नीति र कार्यक्रममा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली