२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नवनियुक्त उपप्रधानमन्त्रि भिम रावल एक शब्दचित्र

२० कार्तिक २०७२, शुक्रबार ०७:५६

rawalवेदप्रकाश तिमिल्सैना, कात्तिक २०, अछाम/ नवनियुक्त उपप्रधानमन्त्रीमा भिम रावल एक शब्दचित्र नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्रीमा एमाले उपाध्यक्ष भिम रावल नियुक्त भएका छन् । अछाम क्षेत्र नं १ बाट सभासद रावललाई बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, सहरी विकास मन्त्रालयको जिम्मेवारी सहित उपप्रधामन्त्री नियुक्त गरेका हुन । उप प्रधानमन्त्रीको जिम्मेवारी पाउने रावल सुदूरपस्चिमको पहिलो नेता हुन ।

शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा संलग्न रावल अछामको कालाआममा वि.स. २०१२ सालमा जन्मिएका रावल अनेरास्ववियुमा आवद्ध भएर विद्यार्थी राजनीतिमा होमिएका थिए । अखिलका चर्चीत नेता रावल पञ्चायत विरुद्धको आन्दोलमा पनि सक्रिय रहेका थिए । चर्चीत विद्यार्थी नेता रहेका रावल २०३५ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेका थिए ।

२०४८ को आम निर्वाचनमा अछाम १ नम्वर निर्वाचन क्षेत्रमा पराजीत भएका रावल २०५१ को मध्यावती निर्वाचनमा विजयी भएका थिए । मनमोहन अधिकारी को नेतृत्वमा बनेको पहिलो बामपन्थी सरकारमा पर्यटन संस्कृती तथा नागरीक उडयन र विज्ञान तथा प्रविधी राज्यमन्त्री नियुक्त भएका थिए । २०६४ को संविधान सभा निर्वाचनमा समानुपातीक तर्फबाट सभासद भएका एमाले नेता रावल माधव कुमार नेपाल नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्न सफल भएका थिए ।

एकिकृत माओवादीले माधव नेपाल नेतृत्वको सरकारका विरद्ध गरेको आन्दोलनलाई शान्तिपूर्ण तरिकाले निस्तेज पारेर चर्चामा आएका थिए । प्रतिस्पर्धा र कठिन मानिएको २०७० को संविधान सभा निर्वाचनमा अछाम १ बाट ठुलो मत अन्तर र एमालेको नऔ महाअिधवेशनमा सबै भन्दा बढी लोकप्रिय मत ल्याएर उपाध्यक्ष विजयी भएपछि रावलको राजनितिक उचाइ थप चुलएिको छ ।

अन्तरीम संविधान बनाउनदेखि लडाकु समायोनसम्म सक्रिय रावल शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउने निकै सक्रिय रहेका रावल नेपालका संविधान २०७२ का मस्यौदाकार पनि हुन । राजनीतिका साथै पढाइमा पनि अव्वल रावल त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा विद्यावारीधी (पिएसडी) गर्दैछन । उनि राजनीति शास्त्रमा स्नातोकोत्तर र कानुनानमा स्नातक हुन । विद्यार्थी राजनीतिमा रहदा पत्रकारिता समेत गरेका रावलका विभिन्न पत्रपत्रिकामा प्रकासित लेख–रचनाहरु निकै पठनीय र चर्चित छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य