२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नवनियुक्त उपप्रधानमन्त्रि भिम रावल एक शब्दचित्र

२०७२, २० कार्तिक शुक्रबार ०७:५६

rawalवेदप्रकाश तिमिल्सैना, कात्तिक २०, अछाम/ नवनियुक्त उपप्रधानमन्त्रीमा भिम रावल एक शब्दचित्र नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्रीमा एमाले उपाध्यक्ष भिम रावल नियुक्त भएका छन् । अछाम क्षेत्र नं १ बाट सभासद रावललाई बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, सहरी विकास मन्त्रालयको जिम्मेवारी सहित उपप्रधामन्त्री नियुक्त गरेका हुन । उप प्रधानमन्त्रीको जिम्मेवारी पाउने रावल सुदूरपस्चिमको पहिलो नेता हुन ।

शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा संलग्न रावल अछामको कालाआममा वि.स. २०१२ सालमा जन्मिएका रावल अनेरास्ववियुमा आवद्ध भएर विद्यार्थी राजनीतिमा होमिएका थिए । अखिलका चर्चीत नेता रावल पञ्चायत विरुद्धको आन्दोलमा पनि सक्रिय रहेका थिए । चर्चीत विद्यार्थी नेता रहेका रावल २०३५ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेका थिए ।

२०४८ को आम निर्वाचनमा अछाम १ नम्वर निर्वाचन क्षेत्रमा पराजीत भएका रावल २०५१ को मध्यावती निर्वाचनमा विजयी भएका थिए । मनमोहन अधिकारी को नेतृत्वमा बनेको पहिलो बामपन्थी सरकारमा पर्यटन संस्कृती तथा नागरीक उडयन र विज्ञान तथा प्रविधी राज्यमन्त्री नियुक्त भएका थिए । २०६४ को संविधान सभा निर्वाचनमा समानुपातीक तर्फबाट सभासद भएका एमाले नेता रावल माधव कुमार नेपाल नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्न सफल भएका थिए ।

एकिकृत माओवादीले माधव नेपाल नेतृत्वको सरकारका विरद्ध गरेको आन्दोलनलाई शान्तिपूर्ण तरिकाले निस्तेज पारेर चर्चामा आएका थिए । प्रतिस्पर्धा र कठिन मानिएको २०७० को संविधान सभा निर्वाचनमा अछाम १ बाट ठुलो मत अन्तर र एमालेको नऔ महाअिधवेशनमा सबै भन्दा बढी लोकप्रिय मत ल्याएर उपाध्यक्ष विजयी भएपछि रावलको राजनितिक उचाइ थप चुलएिको छ ।

अन्तरीम संविधान बनाउनदेखि लडाकु समायोनसम्म सक्रिय रावल शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउने निकै सक्रिय रहेका रावल नेपालका संविधान २०७२ का मस्यौदाकार पनि हुन । राजनीतिका साथै पढाइमा पनि अव्वल रावल त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा विद्यावारीधी (पिएसडी) गर्दैछन । उनि राजनीति शास्त्रमा स्नातोकोत्तर र कानुनानमा स्नातक हुन । विद्यार्थी राजनीतिमा रहदा पत्रकारिता समेत गरेका रावलका विभिन्न पत्रपत्रिकामा प्रकासित लेख–रचनाहरु निकै पठनीय र चर्चित छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह