२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जातिय भेदभाव बिरुद्धको ऐन आएपछि अछाममा पहिलो पटक मुद्धा दर्ता

२५ कार्तिक २०७२, बुधबार ०६:२५

केशव भुल । कात्तिक २५, अछाम । अछाममा जातिय भेदभाव बिरुद्धको ऐन आएपछिको पहिलो मुद्धा दर्ता भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ६ निवासी बिर्ख बिकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातिय छुवाछुत बिरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछाममा पहिलो पटक जातिय भेदभाव बिरुद्धको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक डिएसपी दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातिय भेदभाव बिरुद्धको मुद्धा पहिलो पटक दर्ता भएको जानकारी दिनुभयो । यद्यपी दोषी अझै पक्राउ नपरेको उहाँले बताउनुभयो । पिडीत बिकका अनुसार आफुलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नु पर्ने भन्दै दवाव दिने गर्दैआएका छन् । बाबु बाजेले गर्दै आएको आरन व्यवसाय गर्नु पर्ने, काठ दाउरा लगायत घरको काम गर्नु पर्ने भन्दै उनले निरन्तर दवाव दिने गरेकाले अन्याय सहन नसकि बिकले प्रहरीमा ऐन आएपछिको.उजुरी दिएका हुन् ।

जातिय भेदभाव बिरुद्धको ऐन आई सक्दा पनि अझै दलितहरु कथित उपल्लो जातका ब्राम्हणहरुबाट हेपिनुपरेको बताउँदै उहाँले आफु एक सचेत नागरिक भएर पनि यस्तो पीडा खेप्नु परेको गुनासो गर्नुभयो । आफुलाई बाबु बाजेले गर्दै आएको काम तिमीले पनि गर्नु पर्छ होईन भने यहाँ बस्न पाउँदैनौ भन्दै पिडकले बारम्बार धम्काउने गरेको पनि उहाले बताउनुभयो । लामो समय देखिको संघर्ष पछि मात्र आफु मुद्धा दर्ता गर्न सफल भएको बिकले बताउनुभयो । उहाँको मुद्धा अधिबक्ता खड्क खड्काले हेर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली