२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जातिय भेदभाव बिरुद्धको ऐन आएपछि अछाममा पहिलो पटक मुद्धा दर्ता

२५ कार्तिक २०७२, बुधबार ०६:२५

केशव भुल । कात्तिक २५, अछाम । अछाममा जातिय भेदभाव बिरुद्धको ऐन आएपछिको पहिलो मुद्धा दर्ता भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ६ निवासी बिर्ख बिकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातिय छुवाछुत बिरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछाममा पहिलो पटक जातिय भेदभाव बिरुद्धको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक डिएसपी दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातिय भेदभाव बिरुद्धको मुद्धा पहिलो पटक दर्ता भएको जानकारी दिनुभयो । यद्यपी दोषी अझै पक्राउ नपरेको उहाँले बताउनुभयो । पिडीत बिकका अनुसार आफुलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नु पर्ने भन्दै दवाव दिने गर्दैआएका छन् । बाबु बाजेले गर्दै आएको आरन व्यवसाय गर्नु पर्ने, काठ दाउरा लगायत घरको काम गर्नु पर्ने भन्दै उनले निरन्तर दवाव दिने गरेकाले अन्याय सहन नसकि बिकले प्रहरीमा ऐन आएपछिको.उजुरी दिएका हुन् ।

जातिय भेदभाव बिरुद्धको ऐन आई सक्दा पनि अझै दलितहरु कथित उपल्लो जातका ब्राम्हणहरुबाट हेपिनुपरेको बताउँदै उहाँले आफु एक सचेत नागरिक भएर पनि यस्तो पीडा खेप्नु परेको गुनासो गर्नुभयो । आफुलाई बाबु बाजेले गर्दै आएको काम तिमीले पनि गर्नु पर्छ होईन भने यहाँ बस्न पाउँदैनौ भन्दै पिडकले बारम्बार धम्काउने गरेको पनि उहाले बताउनुभयो । लामो समय देखिको संघर्ष पछि मात्र आफु मुद्धा दर्ता गर्न सफल भएको बिकले बताउनुभयो । उहाँको मुद्धा अधिबक्ता खड्क खड्काले हेर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली