2026-07-04 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकास र सुशासन कायम गर्न/गराउन सबैको सहकार्य आवश्यक छ’

काठमाडौँ | सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा केही सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका योजनालाई समर्थन गर्नुभएको छ भने केहीले यसमा थप गृहकार्यको आवश्यकता रहेको धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले विगतमा घोषणा हुने, लागू गर्न नसकिने नीति तथा कार्यक्रम आउनेमा आगामी वर्षको नीति तथा कार्यक्रम पूरा गर्न सकिने किसिमका आएका बताउनुभयो । उहाँले भन्नुभयो, “स्टार्टअप र जेनजीको विषय कार्यान्वयनमा लैजान आवश्यक छ । राजश्व उठिरहेको छैन । राजश्व उठाउनका निम्ति कर नीति, आर्थिक तथा वाणिज्य कानुनलाई पनि व्यवस्थापन गर्नुपर्ने जरुरी देखिन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मनबहादुर गुरुङले नीति तथा कार्यक्रम वस्तुनिष्ठ र समय सान्दर्भिक भएको बताउनुभयो । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलाई नीति तथा कार्यक्रमले जोड दिएको छ । अर्थतन्त्रलाई गतिशील बनाउन खोजेको छ । विकास र सुशासन कायम गर्नेमा सबैजना अघि बढ्नुपर्ने विषय समावेश छ”, उहाँले भन्नुभयो ।

उहाँले उद्यमशीलता विकास गर्ने भनिए पनि यसबारे ठोस कार्यक्रम भने नसमेटिएको बताउँदै विदेश पलायन रोक्ने र देशमा रोजगारीको अवसर सिर्जना गर्ने विषय कार्यक्रममा बढी जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले पुरानै दस्तावेजको निरन्तरतालाई यो नीति तथा कार्यक्रमले पछ्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो अपेक्षा र तामझामकासाथ नीति तथा कार्यक्रम ल्याइन्छ तर अन्त्यमा परिणाम शून्य हुन्छ । रुग्ण उद्योग सञ्चालन गर्ने भनिन्छ तर घोषणामा सीमित हुन्छ । भ्रष्टाचार शून्य सहनशीलता अपनाउने भनिन्छ तर ठूलो भ्रष्टाचारको विषय सेलाउँदै जान्छ । सुन्नमा नयाँपन तथा देखाउने दाँत मात्र बनेको छ यो नीति तथा कार्यक्रम ।”

उहाँले चलचित्र उद्योग रचनात्मक तथा रोजगारी सिर्जना गर्न सक्ने र कला, संस्कृति पर्यटनको सम्भावनाको महत्त्वपूर्ण आधार भएकाले आगामी बजेटमा यस क्षेत्रलाई सम्बोधन गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले नीति तथा कार्यक्रमले नवप्रवर्द्धनका कार्यक्रम समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो । “आशालाग्दो योजना आएको देखिएन । देशको अर्थतन्त्र खस्किँदो अवस्थामा छ, यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्लता त ? देशमा व्याप्त बेरोजगारी अन्त्य गर्ने योजना देखिएन । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न र युवा पलायन रोक्न खोइ त योजना ?”, उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै