३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र पाकिस्तानमा रहेका नेपालीहरुको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्:महामन्त्री शर्मा

२६ बैशाख २०८२, शुक्रबार ११:१४

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि गम्भीर पहल गर्न माग गरेका छन्।

भारत र पाकिस्तानमा नेपालीहरू अध्ययन, श्रम र व्यवसायमा रहेको उल्लेख गर्दै महामन्त्री शर्माले उनीहरूको जीवन युद्धले जोखिममा पर्ने भएकोले अविलम्ब गम्भीर पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।

‘भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन् l युद्धले जोखिममा पर्दैछ तिनको जीवन। कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदीप न्यौपाने मारिएको स्मरण गर्दै प्रधानमन्त्रीज्यू, त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्,’ महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

पछिल्लो समय भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको छ। गए राति पनि भारत र पाकिस्तानबीच ड्रोन र मिसाइल हानाहान भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली