३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरपालिकाले पूर्वराजा शाहलाई तोकेको जरिवाना जनआन्दोलन संघर्ष समितिले तिर्ने

२६ बैशाख २०८२, शुक्रबार १२:५१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्ने तयारी गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठका अनुसार, जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरूले पुगेर आजै जरिवाना तिर्ने तयारीमा छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेकोसहित विभिन्न शीर्षकमा काठमाडौं महानगरले पूर्वराजा शाहका नाममा सात लाख ९३ हजार जरिवानाको पत्र काटेको थियो ।

त्यसपछि राजावादीको एक समूहले सामाजिक सञ्जालमार्फत चन्दा संकलन गरेको थियो । चन्दा संकलनबाट उठेको रकममध्ये सात लाख ९३ हजार जरिवाना तिर्ने र बाँकी रुपैयाँ समितिले नै खर्च गर्नेछ ।

“जरिवाना राप्रपाले तिर्ने होइन । राजावादी साथीहरूले संकलन गरेको रुपैयाँ हिजो सुवेदीलाई बुझाएका छन् । आज गएर महानगरमा बुझाउने हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली