३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

२६ बैशाख २०८२, शुक्रबार २१:४६

जेरुसेलम । इजरायली सेनाको शुक्रबार जारी वक्तव्यअनुसार, गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पहिलो आक्रमणमा, २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिशाई उरबाचको ज्यान गएको थियो, जब हामासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड) प्रहार गरेका थिए । उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । सो हमलामा दुई अन्य सैनिक घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।

दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्याङ्कमा भएको विष्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्याङ्कलाई लक्षित गरिएको थियो । ट्याङ्कमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।

हामासले यी दुबै आक्रमणको जिम्मेवारी लिँदै टेलिग्राममार्फत उनका लडाकुहरूले पूर्वी राफाहस्थित एक घरभित्र १२ इजरायली सैनिकहरूलाई लक्षित गरी दुईवटा आरपीजी प्रहार गरेका जानकारी दिएको छ ।

गाजामा जारी स्थल आक्रमण अभियानका क्रममा हालसम्म ज्यान गुमाएका इजरायली सैनिकको सङ्ख्या ४१८ पुगेको छ ।

यसैबीच, इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीले शुक्रबार गाजामा मानवीय सहायता वितरण छिट्टै सुरु हुने पुष्टि गर्नुभयो ।

जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहायता वितरणमा निजी सुरक्षाकर्मीहरू परिचालित हुनेछन्, भने इजरायली सेनाले सुरक्षा व्यवस्थापनको जिम्मा लिनेछ । हकाबीले यो अभियान हामासलाई सहायता वितरणमा हस्तक्षेप गर्न नदिनका लागि डिजाइन गरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली